बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्यटकको पर्खाइमा पर्वतको भूकगाउँ

कार्तिक १५, २०७८

पर्वत : कोरोना कहरको दुई वर्ष लामो संकटपछि पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल धिमा गतिमा भए पनि अगाडि बढिरहेको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेको पर्वतको मोदी गाउँपालिका–१ भूकदेउरालीमा रहेको भुकगाउँ पनि पर्यटकहरूको प्रतीक्षामा छ। झन्डै एक दशकअघि नेपालमा सुरु भएको ‘इकोभिलेज’को अवधारणाले बिस्तारै गति लिइरहेको बेलामा भुक पनि ‘इकोभिलेज’ को रूपमा विकास हुँदै जिल्लाकै नमुना ‘इकोभिलेज’ मा परिणत हुँदैछ।

गाउँका प्रत्येक गल्लीमा सडक बत्ती, ढल निकाससँगै गाउँमा हिँड्नका लागि कलात्मक ढुंगाले बनाइएको करिब डेढ किलोमिटर लामो सिँढी बाटो, ढुंगाले छाइएका घरहरू, सडक छेउमा रोपिएका विरुवा, त्यहाँबाट देखिने प्राकृतिक दृश्य र गाउँकै अर्गानिक उत्पादनलगायतका कारण भूकमा कोरोना कहर अगाडिसम्म पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो।

‘कोरोनाभन्दा अगाडिसम्म त यहाँ पाहुनाहरूको लाइनै लाग्थ्यो। कोरोनाले सुनसान बन्यो‚ हामी पनि अत्तालियौँ,’ भुक देउराली विकास मञ्चका संयोजक पञ्चकाजी गुरुङले भने, ‘अब बिस्तारै कोरोनाको जोखिम कम हुँदै गएको जस्तो देखिएको छ। यहाँका रमाइला ठाउँहरू घुम्ने सिजन पनि यही बेला हो। अब त पर्यटकहरु यहाँ आउनुपर्छ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive