बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

पैयुँमा विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

कात्तिक २९, २०७८
पर्वत : पर्वतको पैयुँ गाउँपालिकाको आयोजनामा सोही स्थानीय तहभित्र रहेका माध्यामिक विद्यालयहरुको बीचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७८÷७९ मा शिक्षा शाखाका लागि स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आईतबार प्रतियोगिता सम्पन्न भएको हो । जनसेवा संस्कृत माध्यमिक विद्यालयमा गाउँपालिकाका शिक्षा अधिकृत यज्ञ प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितामा शब्द चिन्तन माध्यमिक विद्यालय प्रथम, जनसेवा संस्कृत माध्यमिक विद्यालय द्धितिय, क्यामुने भञ्ज्याङ् माध्यमिक विद्यालय तृतिय र पालुस्थान माध्यमिक विद्यालय सान्त्वना भएका छन्। प्रतियोगितामा बिजेता बनेका विद्यालयका विद्यार्थीहरुलाई पैयूँ गाउँपालिकाका उपप्रमुख जसमति गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन ।
त्यस अवसरमा बोल्दै उनले देशको मेरुदण्ड नै शिक्षा भएको कारण गुणस्तरीय शिक्षा बिना बालबालिकाहरुको समुचित विकास हुन नसक्ने बताईन् । पैयुँ गाउँपालिकाले शिक्षा सम्बद्ध क्रियाकलापहरुलाई बिशेष प्राथमिकतामा राखेको बताउँदै उनले सबैको साझा प्रयासबाट मात्रै शिक्षामा परिवर्तन सम्भव रहेको र त्यसपछि मात्रै गुणस्तर प्राप्त हुने बताईन् । देशका हरेक क्षेत्रमा भोलीको नेतृत्व गर्ने आजका विद्यार्थी भएका कारण आजका विद्यार्थीमा असल संस्कार, अभ्यास, मूल्य र मान्यताको विकास हुन सकेमा भोलीको देश पनि त्यस्तै खालको कुशल संस्कार भएको बन्ने उनको भनाई थियो ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केशव लामीछानेले विद्यार्थीको चौतर्फी विकासको लागि नियमित रुपमा कक्षामा अध्ययन गर्दै आएका विषयबस्तु बाहेक अतिरिक्त क्रियाकलापहरुको पनि उत्तिकै महत्व रहेको बताए । बालबालिकाहरुमा स्वस्थ प्रतिस्पर्धी भावनाको विकास हुन सकेमा उनीहरुमा अध्ययनशिलताको बृद्धि हुने भएकोले विद्यालयहरुले समय समयमा प्रतिस्पर्धात्मक तथा खेलकुद प्रतियोगिताहरु आयोजना गरिनुपर्ने उनको भनाई थियो । नयमित पठनपाठन बाहेकका अतिरिक्त क्रियाकलापले बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुग्ने अधिकृत लामिछानेको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive