बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

मुगुमा भीषण आगलागी, २१ घर जले

कार्तिक ३०, २०७८

सुर्खेत : मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गएराति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट प्रहरीले जानकारी दिएको छ।

ठिङने लामाको घरमा पूजाका लागि जलाएको बत्तीबाट आगलागी भएको प्रहरीले जनाएको छ। अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो भने नियन्त्रणमा आइनसकेको  प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले  जानकारी दिए।

उनले भने, ‘आगलागीबाट धेरै नोक्सानी भएको अनुमान छ मानविय क्षति भने भएको छैन्।’ अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको उनको भनाइ छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive