शनि, माघ १०, २०८२
Sat, January 24, 2026

गण्डकी प्रदेशमै उत्कृष्ट बने कालीगण्डकी एकेडेमीका दुई विद्यार्थी

मंसिर ५, २०७८

संजय रेग्मी
मङ्सिर ५, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी बाल प्रतिभा छनोटमा गण्डकी प्रदेशकै उत्कृष्ट बनेका छन् ।
विद्यालयका प्रिन्सिपल बसन्त कुमार कर्माचार्यका अनुसार अन्तर्राष्ट्रिय बालअधिकार दिवस, २०२१ को अवसरमा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान–प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालन गरिएको प्रदेश स्तरीय बाल प्रतिभा छनोट प्रतियोगितामा विद्यालयको कक्षा १० र ९ मा अध्ययनरत विद्यार्थीद्धय क्रमशः सानिया श्रेष्ठ (साहसिक खेल) र प्रतीक शर्मा (कविता विधा) मा उत्कृष्ट ठहरिएका हुन् ।
उनीहरुले प्रदेश सरकारको तर्फबाट प्रति विद्यार्थी २० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कालीगण्डकी एकेडेमीले पर्वतमा हुने विभिन्न प्रतियोगितामाहरुमा पनि जित्ने गरेको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive