पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दुवै प्रदेशसभा क्षेत्रतर्फको अधिवेशन पूरा भएको छ।
प्रदेशसभा क्षेत्र ‘क’ र क्षेत्र ‘ख’ दुवैका लागि शनिबार मतदान भएकोमा क्षेत्र ‘क’तर्फको घोषणा आइतबार भएको छ भने क्षेत्र ‘ख’तर्फको शनिबार राति घोषणा भएको थियो।
मत परिणामअनुसार क्षेत्र ‘क’ तर्फका सभापतिमा राजकुमार क्षेत्री विजयी बनेका छन्। उनले ३ सय ३० प्राप्त गरी कृष्णबहादुर खत्री केसीलाई पराजित गरेका हुन्। यस्तै उपसभापतिमा जीतबहादुर पुन र दुर्गादेवी शर्मा विजयी भएका छन्। उनीहरूले भीष्म मल्ल र मनीषा नेपालीलाई हराएका थिए।
सचिवमा केशवप्रसाद उपाध्याय र बलबहादुर पुर्जा पुन विजयी भएका छन्। यस्तै सहसचिवमा टेकनारायण आचार्य र दया सुवेदीले दामोदर आचार्य र शिवराज शर्मालाई पराजित गरेका छन्।
यसैगरी प्रतिनिधितर्फ ईश्वरी पाठक, चित्रकला भारती, तुप्लाकुमारी शाक्य, अर्जुनप्रसाद सुवेदी, कालीभक्त शर्मा, महेशकुमार शर्मा, रमेश पौडेल, सागर गिरी, सुरेन्द्र केसी, हेमराज सापकोटा, भगवती पौडेल, टङ्कप्रसाद शर्मा सुवेदी, तेजराज बास्तोला, कुलबहादुर पुन, मञ्जु विक, निर्मल विश्वकर्मा र उमादेवी कुमाल निर्वाचित भएको मतदान अधिकृत कृष्णप्रसाद शर्माले बताए।
क्षेत्र ‘ख’ मा भएको निर्वाचनबाट सभापति पदमा ३ सय ११ मत ल्याई प्रवीण गुरुङ विजयी भएका छन्। उनका प्रतिस्पर्धी हरि न्यौपानेले २ सय ३३ मत पाएका थिए।
यस्तै उपसभापतिमा लक्ष्मीकुमारी शर्मा र गङ्गाप्रसाद भुसाल निर्वाचित भएका छन् भने नरबहादुर राना र रामबहादुर रेग्मी पराजित भए। सचिवमा छविलाल तिवारी र ठाकुर रसाइली विजयी बन्दा पूर्णकुमार श्रेष्ठ र रुक्मांगत सापकोटाले हार बेहोरेका छन्। उपसचिवमा निर्मला कुमारी शर्मा र युवराज भुसालले तारानाथ सापकोटा र हरिराम रेग्मीलाई पराजित गरे।
क्षेत्र ‘ख’ तर्फबाट प्रतिनिधिका रूपमा गिरिराज गौतम, एकनारायण न्यौपाने, आनन्दप्रसाद भुसाल, शैलेन्द्र शर्मा गौडेल, राजेन्द्रकुमार श्रेष्ठ, यज्ञबहादुर थापा, किरणराज तिवारी, मेघमाया गुरुङ, जानकी प्रधान, रिता राना थापा, एकनारायण भुसाल, खिनुप्रसाद आचार्य, यमबहादुर परियार (शिव), टोपबहादुर गुरुङ र तालप्रसाद शर्मा विजयी भएका छन्।