मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

खुर्कोटका बिरामीलाई बिदेशमा रहेका गाउँलेको आर्थिक सहयोग

मंसिर ५, २०७८

संजय रेग्मी
मङ्सिर ५, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका तीन जना बिरामीहरुको लागि एक लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
खुर्कोट नै घर भएर रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेकाहरुले मेरुदण्डको समस्या भोगीरहेका गाउँका तीन जनालाई रकम दिएका हुन् । आर्थिक सहयोग पाउनेहरुमा लाम्पाटका माधव गिरी, बोडिस्वाँराका अमृत चालिसे र देवी क्षेत्री रहेका छन् । गिरीलाई ६३ हजार पाँच सय ६० तथा चालिसे र क्षेत्रीलाई ५१÷५१ हजार रुपैयाँ प्रदान गरिएको हो ।
कोरियामा कार्यरत कोटगाउँका चन्द्र बहादुर रेग्मी, मरुवाका सुर्य पौडेल, लाम्पाटका राजन गिरी र राजेश गिरी तथा बुढाघरका नारायण पौडेलको विशेष पहलमा उक्त रकम सहयोग स्वरुप आएको हो । उक्त रकम सहयोगदाताहरुका आमा बुबा तथा अभिभावकहरु मीन बहादुर रेग्मी, देबी शर्मा, सन्तु गिरी, ऋषिराम सुवेदी, चुडामणी शर्मा र क्षेत्र बहादुर क्षेत्रीमार्फत पिडितलाई हस्तान्तरण गरिएको हो । उक्त सयोग रकमले बिरामी तथा पिडितको घाउमा थोरै भए पनि मल्हम लगाउने सहयोगीका तर्फबाट क्षेत्रबहादुर क्षेत्रीले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive