शुक्रबार, माघ ४, २०८१
Friday, January 17, 2025

नेपाली काँग्रेस पर्वतको सभापतिमा जोशी निर्वाचित (उम्मेद्वारको मत सहित)

मङ्सिर १०, २०७८
पर्वत : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वत जिल्लाको सभापतिमा युवराज जोशी विजयी भएका छन् ।
सभापति पदमा जोशी सहित निवर्तमान भएको समितिका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र मिलन सुवेदीको उम्मेदवारी रहेको थियो। गत मङ्गलवार भएको मतदानको बिहीबार राती अबेर आएको अन्तिम नतिजा अनुसार जोशीले मल्ललाई एक सय ६० मतान्तरले पराजित गरेका हुन् । जोशीले कुल खसेको ११ सय ८६ मतमा छ सय ९ मत प्राप्त गरेका छन् भने मल्लले चार सय ४९ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार सुबेदीले ९६ मत पाएका छन् ।
उपसभापति पदमा छ सय ९१ मत सहित डा. चूडामणि शर्मा र पाँच सय ६५ मत सहित शिवप्रसाद सुबेदी विजयी भएका छन् । उपसभापतिका उम्मेदवार रहेका कमलराज पौडेललाई तीन सय ९४ र गोविन्दप्रसाद पाध्यालाई चार सय १० मत प्राप्त भयो । यस्तै सचिवमा अशोक उचै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् । उनीहरूले क्रमशः पाँच सय ७३ र शर्माले तीन सय ७३ मत पाएका छन् । सचिवमा कुल छ जनाको उम्मेदवारी परेको थियो । जसमा ओमप्रसाद घायलले दुई सय १०, कमल बहादुर अधिकारीले दुई सय ७६, पानबहादुर हमालले तीन सय २७ र मोहन आचार्यले तीन सय ३५ मत पाएका छन् ।
सहसचिवमा अच्युत तिवारीले छ सय ५८ र तिलकप्रसाद भुसालले चार सय १९ मत प्राप्त गर्दै विजयी भएका छन्। सहसचिवमा उम्मेदवारी दिएका परशुराम पुरीले पाँच सय आठ मत र पङ्कजकुमार क्षेत्री (सुवेदी) ले तीन सय ५२ मत पाएका छन् ।
जिल्ला सदस्यमा ओम गिरी चार सय ६८, प्रमोद पाण्डे पाँच सय ४४, कुलप्रसाद शर्मा तीन सय ९४ मतका साथ विजयी भएका छन् । यस्तै लक्ष्मीदेबी वैरागीले तीन सय ९९, हेम शर्मा पौडेलले पाँच सय २४, जगतशंकर पौडेलले चार सय ७८, प्रकाश आचार्यले पाँच सय २२, मुकुन्द गौतमले चार सय ८२, रामचन्द्र तिवारीले छ सय ७८ मत ल्याई विजयी भएका छन् । दलित तर्फबाट भोर्ले सार्कीलाई छ सय, मनमाया नेपालीलाई पाँच सय २३, राजु विकलाई छ सय ८८, आदिवासी जनजातितर्फ लेखबहादुर थापालाई छ सय १२ र अल्पसंख्याकतर्फ शान्ति शर्मा कुमाललाई छ सय ८६ मत प्राप्त भएको छ । जिल्ला सदस्यहरूमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्त प्रताप सेन, तुलसीदेवी तिवारी न्यौपाने, टिकाराम भुसाल, लक्ष्मी आचार्य, भुलबहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध चयन भएका थिए ।
महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ रामचन्द्र जोशी (५८२०, नवराज गुरुङ (५४८), खगेन्द्रप्रसाद तिवारी (५३९), गंगाधर तिवारी (५१७), विद्धान गुरुङ (५०९), ऋषिकेश तिवारी (५०७), विमलराज क्षेत्री (४९५), राजेन्द्रप्रसाद तिवारी (४५०), बसन्तबहादुर सिके (४४५), खिमप्रसाद भुसाल (४४३) विजयी भएका छन् । खुल्ला महिला तर्फ सीताकुमारी काफ्ले लामिछाने (६१९), मुना भुसाल (५३१), रेखा गुरुङ (५२५), राधाकुमारी कुँवर क्षेत्री (४५२) विजयी भएका छन् । यस्तै खस÷आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी (५९४), डा. केदार सुबेदी (४५७) र कुलप्रसाद उपाध्याय (४१६), महिला खस÷आर्यतर्फ मुना शर्मा लामिछाने (५२७), मिनाकुमारी केसी (४८५), सृजना मल्ल (४३२) मत ल्याई विजयी भएका छन् भने आदिवासी जनजातितर्फ मिना कर्माचार्य (५३७), मोहनबहादुर गुरुङ (५०१), अपाङ्गता भएकातर्फ लेखनाथ पौडेल (५६२), दलिततर्फ जितबहादुर नेपाली (३२१) मत ल्याई विजयी भएका छन् । दलित महिला तर्फ खैसरा दर्जी (४०५) मत ल्याएर विजयी भएकी छिन् । यसअघि महाधिवेशन प्रतिनिधिमा सनम बेगम निर्विरोध चयन भएकी थिइन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive