मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

वैज्ञानिकहरुले बच्चा जन्माउन सक्ने रोबोट बनाए

मंसिर १४, २०७८

काठमाडौं। संसारकै पहिलो जीवित रोबोट बनाएका अमेरिकी वैज्ञानिकहरुले यो रोबोटमा प्रजनन क्षमता पनि भएको बताएका छन् । जीवित रोबोटलाई जेनोबोट भनिन्छ । वैज्ञानिकहरुले अफ्रिकी भ्यागुताको स्टेम कोशिकाहरुको उपयोग गरेर विश्वको पहिलो जीवित, स्वउपचार रोबोट बनाएका हुन् ।

जेनोबोटलाई पहिलो पटक २०२० मा सार्वजनिक गरिएको थियो । यी रोबोटको आकार निकै सानो हुन्छ । त्यतिबेला गरिएका विभिन्न प्रयोगमा यी जीवित रोबोटहरु हिँड्न सक्ने, साथमा काम गर्न सक्ने र आफूले आफैंलाई उपचार गरेर ठिक गर्न सक्ने तथा खाना बिना हप्तौंसम्म जीवित रहन सक्ने भएको पत्ता लागेको थियो ।

वर्मोन्ट विश्वविद्यालय, टफ्टस विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयको भाइस इन्स्टिच्युट फर बायोलोजिकल इन्स्पायर्ड इन्जिनियरिङमा अहिले केही वैज्ञानिकहरुले जेनोबोट्स विसित गरेका छन् । सीएनएनको रिपोर्टअनुसार यी वैज्ञानिकहरुले जनावर, वा बिरुवाको भन्दा फरक जैविक प्रजननको बिल्कुलै नयाँ रुप खोजी गरेको बताएका छन् । यो रुप विज्ञानलाई अहिलेसम्म थाहा भएको कुनै रुपभन्दा बिल्कुनै अलग भएको उनीहरुले बताएका छन् ।

अहिले बनाइएको जेनोबोट गत वर्ष सार्वजनिक गरिएको बायोलोजिकल रोबोटको अद्यावधिक गरिएको संस्करण हो । यो जीवित रोबोटलाई वैज्ञानिकहरुले भ्यागुताको कोशिकाबाट तयार गरेका हुन् । यो सानो रोबोटले कैयौं काम एकैचोटी गर्न सक्छ । यो रोबोटले कैयौं एक्ला कोशिकाहरुलाई जोडेर आफ्नो शरीर बनाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

विज्ञहरुका अनुसार मानिसजस्तै भ्यागुताका कोशिकाले एक शरीरको निर्माण गर्छन् । यी कोशिकाले एक प्रणालीको रुपमा काम गर्छन् । जेनोबोट बनाउनको लागि वैज्ञानिकले भ्यागुताको भ्रुणबाट जीवित स्टेम कोशिकाहरु निकालेर त्यसलाई इन्क्युबेट गरेका थिए ।

कम्प्युटर विज्ञानका प्राध्यापक र रोबोटिक्स जोश बोंगार्डले भने ‘धेरैजसो मानिसहरु रोबोटलाई धातु र सिरेमिकबाट बनेको मान्छन् । तर यो रोबोट केवल यति मात्रै होइन । यो रोबोट आनुवंशिक रुपले परिवर्तित भ्यागुताका कोशिकाबाट बनेको जीव हो ।’

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive