बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

नारायण मा.वि. मा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

मंसिर १४, २०७८

संजय रेग्मी
मङ्सिर १४, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक सेवा केन्द्र शिवालय कुश्माको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।
यतिबेला मनाईँदै गरेको लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान चलिरहेको सन्दर्भमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर विद्यार्थी र शिक्षक गरी झण्डै ७० जनालाई प्रहरी र समुदायसँग सम्बन्धीत विभिन्न विषयमा जानकारी गराइएको थियो । समुदायमा हुने विभिन्न घट्नाका साँक्षीहरु विद्यार्थीहरु हुने, आजका विद्यार्थी नै भोलीका अपराधी बन्ने तथा विद्यार्थी जीवनमै पनि आपराधिक क्रियाकलापहरुमा संलग्न हुन सक्ने जोखिम रहेका कारण विद्यार्थीहरुको माझमा हिँसा तथा आपराधिक क्रियाकलापहरुको बारेमा जानकारी गराउने चलिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।
नारायण माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै सामुदायिक सेवा केन्द्र कुश्मामा कार्यरत प्रहरी सहायक निरीक्षक होमनाथ अधिकारीले अधिकांश लैङ्गिक हिँसाहरु चिनेजानेका, आफन्त तथा घरकै सदस्यबाट समेत हुने भएकाले बालबालिकाहरुले घरेलु हिँसाको बारेमा थाहा पाउनुपर्ने बताए। त्यस क्रममा उनले २० वर्षभन्दा सानो उमेरमा विवाह गर्दा आउने कानुनी तथा व्यवहारिक अड्चन, लागूपदार्थ दुव्र्यसनी तथा विभिन्न सामाजिक समस्याहरुको बारेमा गराएका थिए ।
सेवा केन्द्रकी पूर्व अध्यक्ष मान कुमारी गिरीले बढ्दै गएको आधुनिक शैली र प्रबिधिको विकासले धेरै बालबालिकाहरु अनावश्यक फन्दा, दुव्र्यसनी लगायतका समस्यामा परिरहेको बताउँदै प्रबिधिको सदुपयोगमा ध्यान दिनुपर्ने बताईन् । सानै उमेरमा हुने बिबाहका कारण आउने मानसिक र सामाजिक समस्याका कारण धेरै बाबुनानीहरुको जीवन समस्यामा परेको तथा केहीले गलत बाटो समेत अपनाउनु दुःखद रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै विद्यालयकी सहायक प्रधानाध्यापक शिलादेवी भुसालले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको उमेर भनेको शारीरिक, मानसिक र संवेगात्मक परिवर्तको समय रहेकाले यो बेलामा आफैलाई नियन्त्रित अवस्थामा राख्न विद्यार्थीहरुलाई सुझाव दिईन् । भबिष्यको यात्रा कता लैजाने भन्ने निधोका लागि माध्यमिक तहको उमेर महत्वपूर्ण हुने भएकोले यही अवस्थामा सही बाटो रोज्न सकेमा देशले असल र सभ्य नागरिक पाउने उनको भनाई थियो । लैङ्गिक हिँसाको प्रसंगमा बोल्दै भुसालले समाजमा भईरहेका अपराध लुकाउनु झनै ठूलो अपराध भएकाले आफ्नो समुदायमा देखेका समस्याहरुलाई बाहिर ल्याउन विद्यार्थीहरुलाई अनुरोध गरिन् ।
कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले प्रहरीले दिएको प्रशिक्षणबाट सामाजिक समस्याको बारेमा थाहा पाउन तथा समस्या देखेमा त्यसको नियन्त्रणको लागि आफूहरुले गर्न सक्ने भूमिकाको बारेमा ज्ञान पाएको बताएका छन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive