बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

कुश्मा : शनिबारको भर, याम बरालको स्वर

मङ्सिर १७, २०७८
पर्वत : कोरोना कहरका कारण लामो समयसम्म न त स्टेज कार्यक्रमहरु सञ्चालन हुन पाए न त मेला महोत्सव नै । दर्शकले कलाकारहरुको रमाईला प्रस्तुती प्रत्यक्ष रुपमा हेर्न नपाएको धेरै भएको छ । लाईभ सोहरुमा देशभरमा चलेका कलाकारहरुको प्रस्तुतीहरु रहने गर्छ तर कोरानाकै कारण राष्ट्रिय कलाकारहरुको प्रस्तुतीहरु हेर्न नपाएको पनि धेरै भइसकेको छ ।
कोरोनाका अवस्था केही सामान्यीकरणमा गएको बेलामा पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको होटल माउन्टेन भ्युले भने मेला महोत्सव भन्दा फरक शैलीमा कलाकारको साथमै बसेर रमाउने मौका मिलाएको छ ।
नेपाली सुगम संगीतका बरिष्ठ गायक यम बरालले होटल माउन्टेन भ्युमा शनिवार साँझका लागि आयोजना गरिएको ‘डिनर नाईट’ कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका हुन् । पर्वतको समग्र पर्यटन विकास र सुगम संगीतप्रति आम दर्शक श्रोताहरुको आकर्षण बढाउने उद्धेश्यले याम बराल डिनर नाईट कार्यक्रमको आयोजना गरिएको हो । होटल माउन्टेन भ्युले गायक बरालको सांगितिक प्रस्तुती हेर्न आउने दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको छ । मंसिर १८ गते दिउँसो ४ बजेदेखि राती ९ बजेम्म कार्यक्रम संचालन गरिने होटल संचालक ओम श्रेष्ठले जानकारी दिए । गायक बरालको आगमनलाई लिएर सवैजसो तयारी पुरा भएको उनको भनाई छ । निशुल्क प्रवेश पासको व्यवस्था रहेकाले उक्त कार्यक्रममा सहभागि भई भरपुर मनोरन्जन लिन समेत होटल टीमले नागरिकमा अनुरोध गरेको छ ।
गायक बरालका निस्ठुरीले छाडेर गैहाली, मन रहेको माया, आशैको भुमरीले, बादलुको घुम्टोले, कस्तो होला त्यो मन, दिलमाया दिलमाया, निधारमा रातो माटो, गाउँले हो म गाउँले लगायतका गीतहरुले आम नेपालीहरुको मन मुटु छुन सफल भएका छन् । यि गितहरु आम दर्शक र श्रोताको रोजाईमा पर्दै आएकोले पनि कार्यक्रममा दर्शक र श्रोताहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको होटल संचालक श्रेष्ठले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive