मङ्लबार, माघ २२, २०८१
Tuesday, February 4, 2025

काँग्रेस गण्डकी : एक उपसभापति बाहेक सबैमा पौडेल पक्षको जीत

मङ्सिर १९, २०७८
पर्वत : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिको पदाधिकारीमा एक पद बाहेक सबै पदमा रामचन्द्र पौडेल पक्षका उम्मेद्वारहरु विजयी भएका छन् ।
शनिवार भएको मतदानको आइतबार बिहान आएको मत परिणाम अनुसार सभापति पदमा पौडेल पक्षका उम्मेदवार कास्कीका शुक्रराज शर्माले शेरबहादुर देउवा पक्षका उम्मेदवार पर्वतका अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरेका छन् ।
निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलका अनुसार कुल ११ सय ६५ जना मतदाता रहेको गण्डकीमा ११ सय ४६ अर्थात् ९८.३६ प्रतिशत मत खसेका थिए भने तीमध्येका छ सय १२ मत शर्माको पक्षमा र पाँच सय २८ मत जोशीको पक्षमा खसेका छन् ।
पदाधिकारी पदमा उपसभापति बाहेक सबैमा पौडेल पक्षीय शर्माको प्यानलले जीत हासिल गरेको छ । दुई जना उपसभापति पदमध्ये एउटामा देउवा समूहका मेखलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले पाँच सय ५६ मत पाएका छन् भने दोस्रो उपसभापतिको अर्को पदमा पौडेल पक्षकी कल्पना तिवारीले छ सय २४ मत पाउँदै विजयी बनिन्। उपसभापतिमा देउवा समूहबाट श्रेष्ठ र नेत्रबहादुर महत तथा पौडेल समूहबाट कल्पना र हरिप्रसाद श्रेष्ठ उम्मेदवार रहेका थिए। जसमा महतलाई चार सय ५७ तथा श्रेष्ठलाई पाँच ४८ मत आएका छन् ।
यस्तै दुई जना महामन्त्री पदमा पनि पौडेल पक्षका किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी भएका छन्। श्रेष्ठले पाँच सय ७३ मत पाएका छन् भने लामिछानेले पाँच सय ६४ मत पाएका छन् । पराजित भएका देउवा पक्षीय उम्मेदवार ईश्वर पाण्डेको पक्षमा चार सय ७३ र लामिछानेको पक्षमा पाँच सय ६४ मत परेका छन्। एक जना महिला महामन्त्री पदमा पराजित बनेकी संस्थापन पक्षकी ओमकला गौतमको पक्षमा पाँच सय १४ मत खसेका छन् भने विजयी बनेकी इतर पक्षकी कोपिला रानाभाटको पक्षमा पाँच सय ९२ मत परेका छन् ।
खुल्लातर्फको सह महामन्त्री पदमा दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेकोमा पौडेल पक्षकै नेता रमेश कुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन्। पाण्डेको पक्षमा छ सय पाँच मत आएका छन् भने जोशीको पक्षमा पाँच सय ७० मत परेका छन्। उक्त पदमा देउवा समूहबाट उम्मेदवार रहेका राजनराज पन्तलाई चार सय ३१ र झुलबहादुर आलेलाई चार सय ८८ मत परेका छन्। दुवै समूहको प्यानल भन्दा बाहिरबाट उम्मेदवारी दिएका युवराज बस्ताकोटीको पक्षमा ९२ मत परेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive