बुध, असार २५, २०८२
Wed, July 9, 2025

फुटबल आज ढाका प्रस्थान गर्दै यू–१९ महिला फुटबल टोली

मंसिर २१, २०७८

काठमाडौं– बंगलादेशमा हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली आज (मंगलबार) ढाका प्रस्थान गर्दैछ।

नेपाली टोली दिउँसो १ः४५ बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाले एककार्यक्रम गरी सोमबार नै महिला यू–१९ टोलीलाई बिदाइ गरेको थियो।  प्रतियोगिता डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्। नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ । अघिल्लो पटक नेपाल उपविजेता बनेको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive