बुध, माघ २१, २०८२
Wed, February 4, 2026

अमेरिकामा २४ घण्टामा ८१ हजारमा कोरोना पुष्टि, रसियामा ११८४ संक्रमितको मृत्यु

मंसिर २१, २०७८

गत २४ घण्टामा अमेरिकामा ८१ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ ५६४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै, गत २४ घण्टामा बेलायतमा ५१ हजार ४ सय, जर्मनीमा ३९ हजार, रसियामा ३२ हजार, टर्की र नेदरल्यान्ड्समा २०/२० हजार जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रसियामा कोरोनाबाट मृत्यु भएको छ ।

त्यहाँ यो अवधिमा १ हजार १८४ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्स इन्फोले जनाएको छ । गएको २४ घण्टामा भारतमा ६ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा नेपालमा २३८ जनामा संक्रमण पुष्टि हुँदा दुई संक्रमितको मृत्यु भएको छ । यीमध्ये दुईजना ओमिक्रोन भेरियन्ट संक्रमित हुन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive