गत २४ घण्टामा अमेरिकामा ८१ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ ५६४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
त्यस्तै, गत २४ घण्टामा बेलायतमा ५१ हजार ४ सय, जर्मनीमा ३९ हजार, रसियामा ३२ हजार, टर्की र नेदरल्यान्ड्समा २०/२० हजार जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रसियामा कोरोनाबाट मृत्यु भएको छ ।
त्यहाँ यो अवधिमा १ हजार १८४ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्स इन्फोले जनाएको छ । गएको २४ घण्टामा भारतमा ६ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको छ ।