शनि, माघ १०, २०८२
Sat, January 24, 2026

मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी

मंसिर २१, २०७८

काठमाडौं– अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो उमेर समूहका बालबालिकालाई यही हप्ताभित्र खोप लगाउन सुरु गर्ने मन्त्रालयको तयारी छ।

नेपाल आएको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले बताए। हाललाई हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाउन सुरु गर्ने निर्णय भएको उनले जानकारी दिए।

सरकारले यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो।

खोप सल्लाहकार समितिको बैठकबाट मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय भएको जानकारी दिँदै दाहालले मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको बताए।

मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ। नेपालले कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार मात्रा मोडर्ना खोप पाएको थियो।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive