बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

काँग्रेसको सहमहामन्त्री पदमा जीवन परियारको उम्मेद्वारी रहने

मंसिर २३, २०७८

याम परियार

नेपाली कांग्रेसका युवा नेता जीवन परियारको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा नेपाली कांग्रेसका बैचारिक धारका युवा नेता जीवन परियार आसन्न १४ औं महाधिवेशनमा समावेशी तर्फबाट (दलित) आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

केन्द्रीय सदस्य समेत रहेका जिवन परियारले पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारी घँषणा गरेका छन् । उनले भने मेरो उम्मेद्बारी बर्गिय चपेटामा परेका सम्पुर्ण दलित समुदायको प्रतिनिधिमुलुक आवाज र रुपान्तरणका लागि रहेको बताउदै अहिलेको सन्धर्भमा मुख्य निर्णायक जिम्मेवारी लिन चाहेको उनले बताएका छन । नेपाली कांग्रेसको संस्थापनइतर पक्षधर मानिने परियारले पार्टीलाई रुपान्तरण सहितको एकता र सशक्त संगठनका लागि परिपक्व युवा नेतृत्व आजको मुल आवस्यकता रहेको भन्दै मुल धारका नेतागणबाट आफ्नो उम्मेदवारीका लागी सहयोग हुने विस्वास समेत व्यक्त गरे ।

आफ्नो उम्मेदवारी घोषणा गरेसङ्गै परियारले बर्षाैदेखि पार्टीभित्रका भातृ तथा शुभेच्छुक संस्थालाई चुस्त दुरुस्त बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन । पार्टीको मुल मर्म,कर्म र भावना प्रजातान्त्रिक समाजवादलाई व्यवहारिक कार्यान्वयन, सामाजिक रूपान्तरण, सुशासन र न्यायको सुनिश्चितता गर्न, मुलुकको सर्वाङ्गिण पक्षको निकास, बिकास हुनुपर्ने सुनिश्चितताका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । नेपाल विद्यार्थी संघबाट विद्यार्थीकालिन राजनीति सुरु गरेका परियारले विद्यार्थी आन्दोलनको अग्र पङ्तिमा रहेका उनि सामाजिक रूपमा दलित आन्दोलनका अगुवाका रुपमा अग्र मोर्चामा अभियानताका रुपमा समेत कार्य गरेका छन् ।

राष्ट्रिय दलित आयोगको सदस्य आयोगको सचिव हुदै २०७० सालमा संविधानसभा सदस्य समेत बनेका थिए । पार्टीको केन्द्रीय सदस्यका रुपमा दुई पटक कुशल कार्यसम्पादन गरेका जिवन परियार पार्टीमा शालीन, प्रभावशाली, प्रखर नेताका रूपमा मानिन्छन् । आसन्न १४औं महाधिवेशनबाट ८ जना सह-महामन्त्री निर्वाचित गर्दा आरक्षण तर्फबाट (दलित) १ जना समाबेस हुने नेपाली काङ्ग्रेसको विधानमा उल्लेख छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive