बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

कुश्मा नगपालिका स्तरीय विद्यालय कर्मचारी समिति निर्माण

मंसिर २३, २०७८

सरिता पौडेल
मङ्सिर २३, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीहरुको भेलाले नेपाल विद्यालय कर्मचारी परिषद अन्तर्गतको कुश्मा नगर समितिको गठन गरेको छ ।
बुधबार शिवालय माध्यमिक विद्यालय कुश्मामा भेला भएका कुश्मा नगरपालिकाभित्रका कर्मचारीहरुको भेलाबाट ११ सदस्यीय समिति निर्माण गरिएको नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय सदस्य तथा नारायण माध्यमिक विद्यालयका लेखा सहायक कर्मचारी पदमलाल गौतमले जानकारी दिए । उनका अनुसार समितिको अध्यक्षमा जनाक मा.वि. थुमका नारायण सुवेदी, उपाध्यक्षमा पञ्चकोशी मा.वि. आर्थरका कमल गुरुङ, सचिवमा कालिका मा.वि. खुर्कोटका सन्तोष पौडेल, कोषाध्यक्षमा मंगलोदय मा.वि. चुवाका राजकुमार थापा, सहसचिवमा खरीबोट गोविन्दनाथ देव शर्मा मा.वि. की कल्पना रेग्मी चयान भएकी छिन् । यस्तै सदस्यहरुमा पूर्णेश्वर मा.वि. वितलवका टेकबहादुर नेपाली, जनता सुदर्शन मा.वि. ठूलीपोखरीका लोकराज गौतम, हिमालय मा.वि. खुर्कोटका प्रकाश बास्तोला, सार्वजनिक मा.वि. की कविता कुमारी शर्मा र शिवालय मा.वि. कुश्माका नवराज शर्मा चयान भएका छन् ।
एक जना महिला उपाध्यक्षको पद अहिलेका लागि खाली राखिएको केही समयपछि समितिको बैठकबाट मनोनित गर्ने तयारी गरिएको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive