बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्थापना दिवसमा विविध कार्यक्रम सम्पन्न

पुस ३, २०७८

३ पौष २०७८

पर्वत : नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४औ स्थापना दिवस पर्वतमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।
२०४५ सालमा दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक वर्ष पौष ३ गते देशै भरि स्थापना दिवस मनाउने गरेको छ ।

कार्यक्रममा उपस्थित वक्ताहरुले तत्कालिन अवस्थामा धौलागिरी अञ्चलमा जातिय विभेदको विरोधमा संघर्ष गरेका वाग्लुंका भगतसर्वजित विश्वकर्माको प्रसंसा गरेको थिए ।

कार्यक्रममा वौल्दैै प्रमुख अतिथि संविधान सभा सदस्य नेकपा एमालेका केन्द्रिय सदस्य कल्पना चापागाईले एक्काइसौ सताब्दीमा पनि मान्छे मान्छे विच विभिदहूनु मानविय अपराध भएकोले जातीय विभेदको अन्त्यका लागि सवै क्षेत्रवाट लाग्नु पर्नेमा जोड दिनु भयो ,साथै उत्पीडित समुदायको मुक्तिका लागि नेकपा एमाले सदैव अग्रस्थानमा रहेको उहाले वताएनु भयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले उत्पीडनमा परेका दलित समुदायको मुक्तिको लागी नेकपाएमाले हेरक क्षेत्र वाट संघर्ष गर्दै आएको वताउदै पार्टीका विभिन्न निकायमा दलित समुदायको सहभागिता गराउदै आफू सदैव जातीय विभेदको विरोधमा लागिरहेको वताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी नेकपा एमाले प्रदेश सभा सदस्य जुना नेपाली , नेकपा एमालेका पर्वतका उपाध्यक्ष भक्त कुवंर ,नेपाल उत्पीडित जातिय मुक्ति समाजका गण्डकी प्रदेश सदस्य वावुराम सुनार कुश्मा नपा ९का वडा अध्यक्ष सुजन विक. महाशिला ६ का वडा अध्यक्ष राम वहादुर सुनार लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका वक्ताहरुले जातीय विभेद सामाजिक अपराध भएकाले सवै क्षेत्र वाट यसको अन्त्यका लागि लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमकै अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य कल्पना चापागाई र पदम गिरीलाई कार्यक्रमका अध्यक्ष कविता वि.कले खादा लगाएर सम्मान गर्नुभएको थियो । मुक्ति समाज पर्वतका कविता वि.क को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चन्द्र व वि.क ले गर्नूभएको थियो भने स्वागत मन्तव्य जित व विकलेराख्नु भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive