मङ्ल, जेष्ठ ७, २०८२
Tue, May 20, 2025

पाङ कृषि सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा सम्पन्न

पुस ३, २०७८

जयराम सुवेदी
पुष ३, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ कृषि सहकारी संस्थाको छैटोैँ वार्षिक साधारणा सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाका अवसरमा प्रस्तुत गरिएको आय व्यय विवरण परित भएको छ । सोही अवसरमा संस्थामा आवद्ध रहेका छ सय ८० जना शेयर सदस्यका छोराछोरी मध्येवाट उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको छ । यस्तै ज्येष्ठ सदस्य, असल ऋणी र असल वचतकर्तालाई पनि सम्मान गरिएको छ ।


साधारण सभामा आफ्नो भनाई राख्दै प्रमुख अतिथि कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्रप्रसाद सुवेदीले सहकारीले सञ्चालन गर्ने आर्थिक क्रियाकलापले सामान्य नागरिकलाई पनि लगानीमा जोड्ने भएकाले टोल टोलमा रहेका सहकारीहरुले धेरैलाई सहयोग पुगेको बताए । त्यस बाहेक आफूसँग भएको थोरे थोरै पैसा पनि दैनिक रुपमा सहकारीमा जम्मा गर्दा मासिक रुपमा धेरै रकम जम्मा हुँदा त्यो रकमलाई उपलब्धिमुलक काममा लगाउन सहज हुने उनको भनाई छ । तर कतिपय सहकारीले व्यापारका रुपमा काम गर्दा समाजमा सहकारीप्रतिको धारणा खराब भएको यदाकदा देखिनु दुःखद कुरा भएको पनि वडाध्यक्ष सुवेदीले बताए ।


कार्यक्रममा शेयर सदस्य कृष्णप्रसाद रिजाल, यमकुमारी मिजार, हरि अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रस्तावित कार्यक्रम र भावी रणनीति बारेमा सचिव जयराम सुवेदीले प्रस्तुती राखेका थिए भने कोषाध्यक्ष रामकृष्ण दास वैरागीले आगामी बजेट प्रस्तुत गरेका थिए । यस्तै लेखा समिति संयोजक शालिकराम अर्यालले लेखा सम्बन्धि प्रस्तावहरु राखेका थिए ।
संस्थाका अध्यक्ष विज्ञान बम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सूर्यप्रसाद उपाध्याले राखेका थिए । साधारण सभा कार्यक्रमको सञ्चालन संस्थाका सचिव जयराम सुवेदीले गरेका थिए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive