बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न

मंसिर २८, २०७८
मंसिर २८, पोखरा
नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ ।
प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ ।
प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा नेपाली सेनाका १६ जना शिक्षार्थी अधिकृत तथा तालिम शिक्षकको उपस्थिति रहेको थियो ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive