बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीमा श्रेष्ठ

पुस ४, २०७८

नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ ।
तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका धुूवराज पाण्डे उपाध्यक्षमा चयन भएका छन् । सचिवमा पोखराका भीमकुमार सुनार, सहसचिवमा पोखराकै अर्जुन मरासिनी र कोषाध्यक्षमा बागलुङका टेकप्रसाद सापकोटा चयन भएका हुन् ।
समितिको सदस्यमा म¥याङदी शाखाका राजेन्द्र बस्नेत र राम शरण कोइराला, पोखराका टिकाराम सापकोटा र कमल पौडेल तथा पर्वतकी सविता सुवेदी रेग्मी चयन भएका हुन् । संघले बागलुङ, पर्वत र म्याग्दीलाई धौालागिरि शाखा तथा लमजुङ, तनहुँ र गोरखालाई म¥र्याङदी शाखाको रुपमा लिने गरेको छ । निर्वाचित समितिले गैर कानूनी रुपमा खुलेका औषधी पसल बन्द गर्ने र लाइसेन्स बिना पसल चलाउन नदिने गरी अभियान चाल्ने प्रतिवद्धता जनाएको छ ।
गण्डकी प्रदेशमा रहेका ३ सय पसलमध्ये झन्डै एकसय पसल गैरकानुनी रुपमा चलेको श्रेष्ठले बताइन् । ‘एउटा मानिसमा गलत औषधी प्रयोग भए एक जनालाई मात्रै असर गर्छ, तर एउटा पशुमा गलत औषधी प्रयोग भए धेरै मानिसको ज्यान समेत जोखिममा पर्छ,’ उनले भनिन्, ‘दर्ता गरेर चलाउने र लाइसेन्स लिने विषयमा पालिकाहरुले पनि कडाइ गर्नुपर्छ । अब संघले त्यो अभियान थाल्ने समेत उनले बताइन् ।
अधिवेशन शुक्रबार र शनिबार बागलुङ बजारमा भएको थियो । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले पशुपंक्षी र मानव स्वास्थ्यमा समेत असर पर्ने क्षेत्र भएकोले औषधीको बिक्रीवितरण गर्दा सबैले सचेतना अपनाउनुपर्ने बताएका थिए । उनले गण्डकी सरकार कृषि तथा पशुपालन व्यवासयलाई प्रवद्र्धन गर्न र उनीहरुको व्यवस्थापन तथा स्वास्थ्यको लागि सचेत रहेको पनि बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive