सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

समाजसेवी गुरुङको ‘बाजुङ फलाल्ने गाउँ’ गीत सार्वजनिक (भिडियो सहित)

पुस ४, २०७८

संजय रेग्मी
पुस ४, २०७८
पर्वत : विद्यालयमा अक्षकोष राखेर होस की, पुस्तकालय निर्माण गरेर । आर्थिक समस्यामा रहेका विद्यार्थीहरुलाई लत्ता कपडा सहयोग गरेर होस या गाउँ गाउँमा खानेपानीका धारा निर्माण गरिदिएर किन नहोस । अस्पतालदेखि अफिससम्म पनि आर्थिक तथा भौतिक सहयोग गर्दै आएका उनै समाजसेवी दुर्गा ‘मिलन’ कै लगानीमा निर्माण भएको फलाल्ने नासा (हाम्रो बाजुङ गाउँ) म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
मिलन फाउण्डेशनको आयोजना तथा मिलन डिजि ईन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा शनिबार पोखरा – १० उत्तमचोक स्थित लेकाली चुलोमा एक कार्यक्रमका साथ प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले सार्वजनिक गरेका हुन ।
उक्त अवसरमा अध्यक्ष पौडेलले राज्यले गर्नुपर्ने विकासका काम गुरुङले गर्नुभएकोमा खुशी व्यक्त गर्दै गुरुङको सिको सवैले गर्न सके मुलुकले विकासमा फड्को मार्ने बताए । गाउँपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष पौडेलले प्राचिनकालिन कला र संस्कृति झल्कने पुरातात्विक महत्वका ऐतिहासिक मठमन्दिर, गुम्बा विहार लगायतका ओझेलमा परेका सम्पदालाई सवै सामुदाय मिलेर सार्वजानिक गर्नुपर्नेमा जोड दिए । अहिले आफूले दिनेभन्दा अरुले लिने परम्परा बढी रहेको समाजमा दुर्गा गुरुङले आफ्नो कमाईबाट गर्दै आएको समाजसेवाको प्रशंशा गरेर नसकिने उनको भनाई छ । सामाजिक काम गर्ने मान्छेको नै ईतिहास बन्ने भएकोले गुरुङले निस्वार्थ भावनाका साथ गर्दै आएको समाजिक सेवा सबैको लागि इतिहास हुने र कैयौँ वर्षपछि त्यो इतिहासका रुपमा रहनुले दुर्गा गुरुङ जुगौँ जुगसम्म ज्यँुदो रहने गाउँपालिका प्रमुख पौडेलले बताए ।
समाजसेवी दुर्गा गुरुङकी आमा सावित्री कुमारी गुरुङको अध्यक्षतामा भएको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्य मिलन फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवी कुमारी गुरुङले राखेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि पौडेल सहित अन्य जनप्रतिनिधि र गीतको निर्माणका क्रममा खटेका व्यवस्थापन र कलाकारहरु प्रकाश गुरुङ, देवी गुरुङ, खुसी गुरुङ, जय बहादुर गुरुङ, उर्मिला गुरुङ, मुस्कान गुरुङ (रितिका), विकास ताम्राकार, भगत गुरुङ, नेत्र गुरुङ, नवीन गुरुङ, सबिन गायक, यानी गुरुङ, बिना क्षेत्री, विश्वात्मा गुरुङ, निर्देशक लब्सन गुरुङ लगायतलाई सम्मानपत्र, पगरी र भाङग्रा सहित सम्मान गरिएको थियो ।
म्यूजिक भिडियो बिमोचन कार्यक्रमको सञ्चालन कोरियोग्राफि तथा निर्देशक लब्सन गुरुङले सञ्चालन गरेका थिए ।

के छ त भिडियोमा ?

गाउँदेखि शहर झरेर विभिन्न विषयमा अध्यायन गरेका युवायुवतीहरु अध्यायन सकिएपछि पूनः गाउँ फर्किएर विकासको काममा लागेको भिडियोले समेटेको छ । त्यतिमात्र नभएर गाउँमा सवै मिलेर कृषिलाई व्यवसायी रुपमा अघि वढाउन सके विदेश पलायन भएका युवाहरुले गाउँमै रोजगार पाउने पनि भिडियोले समेटेको छ । गीतको शव्द तथा परिकल्पना समाजसेवी दुर्गा गुरुङ रहनुभएको छ भने, कोरियोग्राफि तथा निदेशक लव्सन गुरुङ, छायांकन प्रकाश गुरुङ (कास)ले गरेका छन् ।
उर्मिला गुरुङ, विश्वआत्म गुरुङ (सिसि मानु) रहेका छन् । ड्रोन विकास ताम्राकार, समपादन नेत्र गुरुङ, निर्माता नन्दकुमारी गुरुङ र विक्रम कोने गुरुङ रहेका छन् । स्वर मिलन नेवारको रहेको छ भने, पोस्ट प्रोडक्सन नेत्र इन्टरटेनमेन्टले गरेको छ । समाजसेवी दुर्गा गुरुङको वुवा स्वर्गीय कर्पोरेसन नर बहादुर गुरुङको सम्झनामा बनेको भिडियो पर्वतको मोदी गाउँपालिका–५ बाजुङ गाउँमा छायांकन गरिएको छ ।

हेर्नुहोस भिडियो :

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive