मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

पुस १४, २०७८

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।

कार्कीनेटा सम्पर्क समाज पोखराको आयोजना, फलेवास नगरपालिका पर्वतको सहकार्य, दीर्घायू पोखरा हस्पिटल प्रा.लि. नयाँबजार पोखराको प्राविधिक सहयोग तथा फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाको व्यवस्थापनमा यही पुष १७ गते शनिबारका दिन कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा सम्पर्क समाजका कोषाध्यक्ष पदम श्रेष्ठले जानकारी गराए।

संयोजक श्रेष्ठका अनुसार स्वास्थ्य शिविरमा जनरल फिजिसियन (छाती, पेट, मुटु, सुगर, प्रेसर, थाइराइड), हाड जोर्नी तथा नशा रोग (अर्थो), नाक, कान, घाँटी, स्त्री रोग सम्बन्धी, जनरल सर्जरी, भिडियो एक्सरे, वाल रोग सम्बन्धी उपचार गरिनुका साथै मुटुको इसिजी, युएसजी तथा एवम् सुगरको जाँच सम्बन्धी ल्याब टेष्ट निःशुल्क गरिने उनले बताए।

सम्पर्क समाजका अध्यक्ष सीता शर्माले समाजले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आइरहदाँ कोभिडको कारण ग्रामीण क्षेत्रबाट शहरमा आई स्वास्थ्य जाँच गर्नको लागि समस्या देखिदा गाउँमै गएर स्वास्थ्य उपचार गर्दा उक्त क्षेत्रमा भएका वासिन्दाहरुलाई प्रत्यक्ष प्रभाव पर्ने भएकोले कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर गर्नको लागिएको हुँदा आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई मौकाको फाइदा उठाउनुहुन अनुरोध गरेकी थिइन्, उनका अनुसार उक्त कार्यक्रममा निःशुल्क औषधि समेत वितरण गरिने जानकारी गराइन।

कार्कीनेटा वडा, अन्नपूर्ण मावि, कार्कीनेटा स्वास्थ्य चौकी लगायत स्थानीयहरुको विशेष पहललाई मध्य नजर गर्दै शिविर गर्न लागिएको बरिष्ठ उपाध्यक्ष केशव घिमिरेले बताए। उक्त शिविर पुष १७ गते शनिबार अन्नपूर्ण मा.वि. प्राङ्गणमा विहान ९ बजेबाट अपरान्ह ५ बजेसम्म हुने घिमिरेले जानकारी गराए।

शिविरमा डा.सुदर्शन सुवेदी, डा. मेघराज लामिछाने, डा. सरिता गुरुङ, डा. डि.बी. लामिछाने, डा.सुमन बराल, डा. सुजन श्रेष्ठ, डा. गोपाल खनाल लगायत करिब १० जना भन्दा बढी विज्ञ डाक्टरहरु रहने छन्।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive