बिहि, चैत्र ५, २०८२
Thu, March 19, 2026

हिउँले ढाकेर चाँदी जस्तै बनेको मुस्ताङ (फोटो फिचर)

पुस १४, २०७८

संजय रेग्मी/छेप्तेन गुरुङ
पुस १४, २०७८
पर्वत : देशका विभिन्न ठाउँमा जस्तै मुस्ताङमा पनि हिमपात भएको छ।
तल्लो र उपल्लो मुस्ताङ भनेर दुई भागमा भनिने तल्लो मुस्ताङमा पातलो हिमपात भएको भए पनि उपल्लो मुस्ताङमा भने बाक्लो हिमपात भएको छ।
हिमपातका कारण सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।
चिसो त एउटा पाटो भयो तर हिउँले ढाकेको मुस्ताङ दृश्यका लागि भने आकर्षक देखिएको छ। मुस्ताङमा हिउँ खेल्न रमाउने पर्यटकहरु हिमपातको सम्भावनाको केही दिन अगाडि नै मुस्ताङ समेत पुग्ने गरेका छन्।
फोटोमा हेर्नुहोस् मुस्ताङको हिमपात

तस्बिर : छेप्तेन गुरुङ

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive