पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानको पुरस्कार छनोट समितिले समाजसेवा, साहित्य र पत्रकारिता विधामार्फत सामाजिक चेतना, विकास र साहित्यमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानका अध्यक्ष, साहित्यकार एवं समाजसेवी सरस्वती शर्मा जिज्ञासु एवं उनका श्रीमान साहित्यकार एवं पशु चिकित्सक बिमल शर्माद्वारा संयुक्त रुपमा स्थापना गरेको अक्षयकोषबाट हरेक वर्ष समाजसेवा, साहित्य र पत्रकारिता बिधामा बितरण गर्दैआएको पुरस्कारको वर्ष ०७७ र ०७८ को संस्करणका पुरस्कार एकैसँथ बितरण गरिएको हो । दुई वर्षको पुरस्कार पाउनेहरुमा सामाजिक अगुवा लोकनाथ आचार्य, प्राध्यापक डाक्टर षडानन्द पौड्याल, साहित्यकार शान्तिनारायण श्रेष्ठ, साहित्यकार सदानन्द अभागी, स्तम्भ लेखक डाक्टर साधना प्रतिक्षा, साहित्यकार गोर्खे साईंलो र पत्रकार तथा साहित्यकार ओमप्रसाद घायललाई प्रदान गरिएको हो ।
८२ वर्षिय लोकनाथ आचार्य पर्वतमा रहेर करिव चार दशकदेखि सँमाजिक क्षेत्रमा जेष्ठ नागरिकको हकहितमा काम गर्दैआएका छन् । साहित्यकार षडानन्द पौड्याल र सरलकवि शान्तिनारायण श्रेष्ठले साहित्यमार्फत सामाजिक चेनताको विकास गर्दैआएको पुरस्कार छनोट समितिका संयोजक सुमन्तनाथ शर्माले बताए । त्यस्तै साहित्यकार गोर्खे सांहिलो र स्तम्भ लेखक साधना प्रतिक्षा स्तम्भलेखन तथा बिभिन्न सामाजिक सचेतनामा अग्रणी स्थानमा छन् । पर्वतका स्थानीय पत्रकार ओम घायललाई पत्रकारिता र साहित्यमार्फत योगदान पु¥याएकोेले सम्मान गरिएको आयोजकले जनाएको छ । साहित्यकार सदानन्द अभागिले कृषि साहित्य र कृषिसंग सम्बन्धित लेखरचना मार्फत ग्रामिण किसानको जिविकामा सहयोग पु¥याएकोले सम्मान गरिएको हो । स्रस्टा तथा पत्रकारहरुलाई जनहि १० हजार नगद, कदरपत्र तथा दोशल्लाले सम्मान गरियो । हरेक वर्ष बितरण गरिने पुरस्कार अघिल्लो वर्ष कोभिडका कारण रोकिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले सामाजिक सेवा र साहित्यले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र भाइचाराको सम्बन्ध स्थापित गर्न सघाउने बताए । उनले पर्वतका पाङ, मोदीबेणी र अर्मादीका ऐतिहासिक विशेषता रहेको उल्लेख गर्दै यि क्षेत्रको प्रचार गरेर धार्मिक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । गुरुङले ऐतिहासिक सम्पदासंग गहिरो साइनो रहेको पर्वतमा देश चिनाउने साहित्यिक र धार्मिक व्यक्तिहरु जन्मिएकँे उल्लेख गरे । यसअघि सोहि पुरस्कारबाट साहित्यकार कृष्णादेबी शर्मा, साहित्यिक पत्रकार राजेन्द्र पहाडी र सामाजिक अभियन्ता मानकुमारी गिरी पुरस्कृत भइसकेका छन् ।