शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

न्यू इयर : ‘पोखरा लेक साईड’ को बिकल्प ‘कुश्मा बन्जी साइड’

संजय रेग्मी
पुस १२, २०७८
पर्वत : अंग्रेजी नयाँ वर्ष आयो की पर्वत सदरमुकाम कुश्मा बजार सहित बागलुङ र म्याग्दीसम्मका यूवायुवतीहरु पोखराको लेकसाइड पुग्ने गरेका छन् । पर्यटकको रोजाइको रुपमा रहेकोले पर्यटकहरुको बाक्लो चहलपहल रहने लेकसाईडमा अंग्रेजी नयाँ वर्षको दिनमा बिशेष रमाईलो हुन्छ । यही कारण झण्डै दुई घण्टाको दूरी पार गरेर पोखरासम्म पुग्नेहरु भेटीन्छन् ।
तर यस वर्ष भने पोखराको लेकसाईडको जस्तै रमाईलो पर्वत सदमुकाम कुश्मा बजारमा बन्जी जम्प रहेको क्षेत्र बन्जी साइडमा पनि हुने भएको छ । रमाइलोको खोजीमा पोखरासम्म पुग्नेहरु यस वर्ष भने बन्जी जम्प क्षेत्रमा पुगेपछि पोखराकै जस्तो रमाईलोमा आनन्द लिँदै अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पाउने भएका हुन् ।
यसका लागि कुश्मा पर्यटन विकास संस्थाको आयोजना तथा रिडोम्स म्यूजिक ग्रुपको व्यवस्थापनमा दुई दिनका लागि विशेष साँझको आयोजना गरिएको छ । नेपालीहरुको विशेष दिन समेत रहेको पुष १५ र १६ गतेका लागि लाईभ कन्सर्ट सहित लोक गीत सहितको सांगितिक साँझ बन्जी जम्प रहेको क्षेत्रको सडकमा आयोजना हुँदै छ । जुन स्ट्रीट फेस्टिबलकै शेलीमा सञ्चालन र व्यवस्थापन हुन लागेको आयोजक कुश्मा पर्यटन विकास संस्थाका अध्यक्ष बम बहादुर पुनले पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार तारा श्रीस, प्रकाश दूतराज, मार्मिक लामा सहित स्थानीय ब्यान्ड र अन्य कलाकारहरुले सांगितिक कोसेलीहरु पस्किने छन् ।


पत्रकार सम्मेलनमा बोल्दै व्यवस्थापनको जिम्मा लिएको रिडोम्स ब्यान्डको प्रबन्ध निर्देशक सन्दिप बस्यालले कोरोना कहरका कारण कमजोर अवस्थामा पुगेको पर्यटन व्यवसायलाई लयमा फर्काउन तथा कुश्मा क्षेत्रलाई पर्यटकीय हबका रुपमा चिनाई सकेसम्म धेरै पर्यटकहरुलाई पर्वत भित्रिने वातावरण निर्माण गर्नका लागि पनि इभन्टको आयोजनाको गरिएको बताए ।
कार्यक्रम सञ्चालक दिपेश बी. पोखरेलका अनुसार निशुल्क रुपमा जान पाइने उक्त सांगितिक कार्यक्रममा पुष १५ र १६ दुवै दिन दिउसो दुई बजेबाट सुरु भई रातीको १० बजेसम्म चल्ने छ ।
उक्त अवधिमा बन्जी जम्प क्षेत्रमा रहेका होटलहरुले सडक पेटीमा नै खाना तयार पारेर पाहुनालाई खुवाउने छन् ।
कार्यक्रमको तयारी तीब्र गतिमा भइरहेको छ ।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive