बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

जननेत्र मा.वि देउपुरमा खानेपानी योजना सम्पन्न

पुस १७, २०७८

पुस १७, २०७८
पर्वत : पर्वतको मोदी गाउँपालिका – २ देउपुरमा रहेको जननेत्र माध्यमिक विद्यालयमा खानेपानीको ट्याङ्की तथा चारओटा पिउने पानीको धाराको उद्घाटन गरिएको छ।
कार्यक्रमको उद्घाटन लायन्स क्लव अफ भद्रकालीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष संयुक्त धाख्वा र मोदी गाउँपालिका–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाले संयुक्त रुपमा गरेका हुन्। लायन्स क्लवका विभिन्न तह र ओहोदामा रहेका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी, अभिभावक, विद्यालय परिवारको लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
करिव पाँच हजार लिटर क्षमताको ट्याङ्की तथा चार ओटा पानीका धारा निर्माणको लागि लायन्स क्लव अफ भद्रकाली पोखरा र मोदी गाउँपालिकाको संयुक्त साझेदारीमा गत आषाढ महिनाको अन्त्यतिर मोदी–२ देउपुर स्थित जननेत्र माध्यमिक विद्यालयको प्राङ्गणमा निर्माण सम्पन्न भएको थियो। उक्त कार्यक्रमको लागि क्लव पूर्व अध्यक्ष समाजसेवी संयुक्त धाख्वा तथा मोदी–२ देउपुर स्थायी घर भई हाल हङकङमा बस्दै आएका समाजसेवी लायन्स युवराज चापागाई (राजु) को संयोजकत्वमा आफ्नो कार्यकालमा क्लवमा विशेष महत्वका साथ विद्यालयको समस्यालाई छलफलमा ल्याएर योजना अगाडि बढाई आर्थिक सहयोग उपलब्ध गराइएको थियो।
लायन्स क्लव अफ भद्रकाली पोखराको तर्फबाट एक लाख रुपैयाँ र मोदी गाउँपालिकाबाट पचहत्तर हजार रुपैयाँ गरी कुल एक लाख पचहत्तर हजारको लागतमा सम्पन्न उक्त योजनाको निर्माण गर्ने जिम्मा मोदी–३ देउराली निवासी खिमबहादुर परियारले लिएका थिए भने कार्य सुचारू गर्न विद्यालयका प्रधानाध्यापक दिपक शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाईले समन्वय गरेका थिए।
उक्त योजना निर्माण अवधिभर निर्माण कार्य सम्पन्न गर्नको लागि शिक्षक देवेन्द्र गिरीले विशेष चासोका साथ पहल गरेका थिए। कार्यक्रमको संयोजकको प्रमुख भूमिकामा रहेर योजना सम्पन्न गर्नु भएका लायन्स युवराज चापागाई (राजु) आफू प्रत्यक्ष रुपमा उपस्थित हुन नसके तापनि हङ्कङबाट शुभकामना व्यक्त गरेका थिए।
विद्यालयमा विद्यार्थीहरूको लागि पिउने पानीको सुविधा भएको र आगामी दिनमा पनि क्लवको निरन्तर सहयोग सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्दै वडाध्यक्ष विकास तिमिल्सिना, व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाई एवं प्रधानाध्यापक दिपक शर्माद्वारा अतिथिको स्वागत गर्दै सम्मान सहितको मन्तव्य व्यक्त गरिएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive