बुध, माघ २८, २०८२
Wed, February 11, 2026

कुश्मा नगरपालिकाको ७ खरेहामा नेपाली काङ्ग्रेसको टोल कार्य समिति गठन

पुस २०, २०७८

दिपसागर पौडेल

कुश्मा नगरपालिका ७ खरेहा स्थित नेपाली काङ्ग्रेसको टोल कार्य समिति सोमबार खरेहामा सम्पन्न भएको छ ।

हर्कबहादुर जि सिको सभापतित्वमा १७ समिति सदस्य टोल कार्य समिति गठिन भएको हो जसको उपसभापतिमा सीता कुमारी गिरी सचीव ज्ञानु कुमारी शर्मा सह सचीवमा बिमला श्रेष्ठ र कोषाध्यक्षमा सन्जिब श्रेष्ठलाई चयन गरेको थियोे भने त्यस्तै सदस्यहरुमा बिजय पुरी , राज पौडेल , शारदा बिक , बिष्णु देवकोटा , राधीका पौडेल , धनबहादुर कार्की , कृष्ण प्रसाद शर्मा , देबि पौडेल , गिता कडेल , राधिका अधिकारी , अम्बिका रायमाझी र सुजाता सुवेदी चयन भएका हुन । त्यस्तै उक्त कार्य समितिले ६ जनालाई मनोनयन सदस्यमा चयन गरेको छ जसमा भिम बहादुर बिक , भिम बहादुर नेपाली , सावित्री रेग्मी पौडेल , सबिता सर्मा कमला शर्मा गिरि र लोकनाथ पाध्यालाइ मनोनयन गरेको हो ।

कमिटी गठन प्रक्रियामा ४ जनालाई सल्लाहकार सदस्यमा मनोनीत गरिएको छ जसमा रुद्र प्रसाद शर्मा, लाल बहादुर श्रेष्ठ , नरबहादुर कार्की र टलक कुमारी श्रेष्ठ रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका संबिधान सभा सदस्य अर्जुन प्रसाद जोशीले जोश जाँगरका साथ अबको नेतृत्वमा नेपाली काङ्ग्रेसले जनताको बिश्वास जितेर अगाडि बड्ने कुरामा जोड दिनुभयो र टोल समितिमा महिलाहरु कमजोर भएको कारण महिलाहरुलाई शशक्त हिसाबले अगाडि बड्नु पर्ने कुरामा औल्याउँदै यो कार्यसमितिले अब्बल काम गर्न सक्नुपर्छ भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसले खडा गरेको दैबी प्रकोप राहत कोष अन्तर्गत नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि दुबईमा कार्यरत राजेन्द्र अधिकारीको आर्थिक सहयोगमा पहिरो पीडित कुस्मानगरपालीक १० अनिता गिरीलाइ र शंकरपोखरी 3 शिवबहादुर कार्कीलाइ संविधान सदस्य जोशीको तर्फ देखि जनही १० हजार आर्थिक सहयोग गर्नुभएको थियोे । कार्यक्रममा समन्वय समितिका प्रत्यासी उमेदवार परसुराम पौडेल जिल्ला कार्य समितिका उप सभापति डा चुडामणिा शर्मा महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी महाधिवेशन प्रतिनिधि कुल प्रसाद पाध्या क्षेत्रीय प्रदेश प्रतिनिधि सागर गिरी जील्ला उप सभापति शिव प्रसाद सुवेदी क्षेत्रीय सचीव केशब उपाध्याय र कुशमा नगरपालीका सदस्य डम्बर नेपाली लगायतले बोल्नु भएको हो ।

कार्यक्रममा कुश्मा नगरपालिका ७ वडा सभापति खेमनाथ शर्माले नेपाली काङ्ग्रेसले अघि सारेको बिधान र निति नियम अनुसार गठित सम्पुर्ण पदाधिकारीहरुलाइ बधाई व्यक्त गर्दै अबका कार्यक्रमहरु सहज हिसाबले अगाडि लैजान सबैलाई निर्देशन दिनुभएको छ शर्माले बोल्दै बिगतका गल्ती र अन्तरघातहरुमा भएका त्रुटिहरुलाइ सच्चाएर अगाडि बड्नु पर्नेमा जोड दिदै अब आउने चुनावमा नेपाली काङ्ग्रेस पहिलो पाटी बन्ने धारणा व्यक्त गर्नुभयो नेपाली काङ्ग्रेस वडा कार्य समिति सदस्य मिठु पौडेलको स्वागत र सञ्चालन सचीव बालकृष्ण शर्माले गर्नुभएको थियोे ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive