बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

प्रहरीलाई अपशब्द बोलेको भन्दै एक जना पक्राउ

पुस २०, २०७८

जिल्ला प्रहरी कार्यालय पर्वतमा आएर अभद्र व्यवहार गर्ने एक जनलाई पक्राउ गरेको छ । जिल्लाको कुश्मा नगरपालिका– १२ ठुलीपोखरीका झलकप्रसाद रिमालले अभद्र व्यवहार गरेको आरोपमा सोमवार दिउँसो पक्राउ गरेको हो ।
गाउँको मुद्धा लिएर जिल्ला प्रहरी कार्यालयमा आएका रिमालले प्रहरीलाई विभिन्न धाक धम्की दिएर काममा अवरोध गरेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिनुभयो । रिमाज समाजसेवी व्यक्ति हुन् । पछिल्लो समय उनले ठुलीपोखरीमा विभिन्न सामाजिक कार्य समेत गर्दै आएका छन् ।

पक्राउ पर्नुको कारणवारे बताउँदै डिएसी बुढाथोकीले आइतवार स्याङ्जाको आँधिखोलाका ५ जना यूवा खौलालाकुरीमा आएर झैझगडा गरेपछि ठुलीपोखरी प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । घटना मिलाउन आएको भन्दै आएका उनले प्रहरीको माथिल्लो निकायसम्म आफ्नो पहुँच रहेको र यदि नछुटाए सरुवा गर्ने सम्मको धाकधम्की दिएको आरोप लागेको छ ।

पक्राउ परेका रिमाल पूर्व प्रहरी समेत हुन् । पूर्व प्रहरीले नै अभद्र व्यवहार गरेपछि कानुन अनुसार कारवाहि प्रकृया अघि बढाईएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । रिमाललाई अभद्र व्यवाहार मुद्धा अन्तर्गत जिल्ला प्रशासन कार्यालयवाट १० दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । अभद्र व्यवहार मुद्धा अन्तर्गत १ वर्षसम्म कैद सजायको व्यवस्था छ । युवाहरुको झैझगडाको विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive