शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

एकै दिनमा रोकियो कोरोनाविरुद्ध खोपको ‘बुस्टर’ मात्रा

पुस २१, २०७८

काठमाडौं : सरकारले कोरोनाविरुद्ध खोपको ‘बुस्टर’ मात्रा तत्कालका लागि नलगाउने भएको छ।

स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा स्थगन गरिएको जनाएको हो।

मन्त्रालयले हिजो (सोमबार) केही लक्षित वर्गका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा दिने सूचना सार्वजनिक गरेको थियो।

एक दिन खोपको बुस्टर मात्रा लगाएपछि मन्त्रालयले स्थगित गरेको छ। मन्त्रालयले लक्षित समूहलाई मंगलबार खोपको बुस्टर मात्रा लगाउन थालेको थियो।

कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई बुस्टर मात्रा लगाउने जनाएको थियो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा तत्काल सबै नेपालीलाई पूरा मात्रा खोप लगाउनुपर्ने भएकाले द्रुत गतिमा खोप कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख छ।

मन्त्रालयको भनाइ अनुसार तत्काल सबै नेपालीलाई कोरोनाविरुद्धको पूरै मात्रा खोप लगाइ सक्नुपर्ने भएकाले अहिलेका लागि बुस्टर मात्रा लगाउन रोकिएको हो।

मध्यम तथा रोग प्रतिरोधात्मक क्षमता न्यून भएका व्यक्ति, सक्रिय क्यान्सरका बिरामी, अङ्ग प्रत्यारोपण गरेकाहरू, एचआइभी संक्रमण भएका बिरामीलगायत र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र त्यसभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको बुस्टर मात्रा सरकारले लगाउन थालेको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive