मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कटुवाचौपारीका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

पुस ३०, २०७८

रामकृष्ण लामिछाने
पुस ३०, २०७८
पर्वत : जाडोका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने भन्दै पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीले वडाभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।
वडाध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार स्थानीय जनप्रिय आधारभूत विद्यालय, गायत्री आधारभूत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयमा अध्ययनरत एक सय ८० जना विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरिएको हो। आर्थिक समस्यामा नरहेका विद्यार्थीहरूलाई समस्या नभए पनि आर्थिक कठिनाइमा रहेका विद्यार्थीहरूले टोपी समेत किनेर लगाउन सक्ने अवस्था रहेकाले वडा कार्यालयले ती विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरेको हो।
‘वडामा सकै मान्छे आर्थिक रूपमा सक्षम छैनन्। कति अभिभावकहरू छाक टार्न समेत धौ धौ को अवस्थामा हुनुहुन्छ। चिसो भएका कारण बालबालिकाहरू बिरामी हुन सक्ने र यही बेलामा कोभिड सङ्क्रमण समेत फैलिन सक्ने देखिएको छ,’ उनले भने, ‘कम्तीमा स्विटर र टोपी मात्रै भए पनि दिन सकियो भने चिसोका कारण बिरामी त पर्दैनन् भनेर न्यानो कपडा वितरण गरेका हौँ।’
वडा सचिव टेकप्रसाद भुसालका अनुसार यो कार्यक्रमको लागि वडा कार्यालयले एक लाख १० हजार रुपैयाँ विनियोजन गरेको थियो। वडाले विगतदेखि नै जनताको नजिक रहने गरी सामुदायिक कामहरूलाई प्राथमिकतामा राखेर जनतालाई जिलो हुने गरी काम गरिरहेको उनको भनाई छ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेस कटुवाचौपारीका सभापति राम शर्मा लामिछानेले वडा कार्यालय मार्फत गरिएको सहयोगमा आफुहरु पनि निकै सकरात्मक रहेको भनाई राखे। कार्यक्रममा वडा सदस्यहरु, विद्यालयका प्रतिनिधिहरु, रेडियो शालिग्रामका संचालक समितिका उपसचिव गोविन्द अधिकारी सहित सरोकारवालहरुको सहभागिता रहेको थियो। वडाध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन वडा सचिव टेकप्रसाद भूक्ष्सालले गरेका थिए।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive