शनि, असार ७, २०८२
Sat, June 21, 2025

दृष्टिबिहीन विद्यार्थीहरुलाई छात्रबृत्ति रकम हस्तान्तरण

पुस ३०, २०७८

शिवालय माध्यमिक विद्यालय कुश्मामा सञ्चालनमा रहेको दृष्टिबिहीन छात्राबासमा बसेर अध्ययन गर्ने १५ जना छात्रछात्राहरुलाई यस बर्षको छात्रबृत्ति रकम वितरण गरिएको छ ।

पर्वत वेयलफेयर सोसाइटी युकेको सहयोगमा स्थापना गरिएको दशलाख रुपयाँको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट बार्षिक रुपमा उक्त छात्रबृत्ति रकम दृष्टिबिहीन विद्यार्थीहरुलाई उपलब्ध गराउने गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीको अध्यक्षतामा भएको छात्रबृत्ति रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष रुद्र गिरीले विद्यार्थीहरुलाई जनही चार–चार हजारका दरले रकम हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष गिरीले आफूले प्राप्त गरेको रकमको सही सदुपयोग गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले दृष्टिबिहीन विद्यार्थीहरुको पठनपाठन र सारोगारोमा सहयोग पुगोस् भनेर पर्वत वेयलफेयर सोसाइटी युकेमा आबद्ध भएका गैरआवासीय पर्वतेलीहरुले स्थापना गरेको अक्षयकोषले आफ्नो विद्यालयमा सञ्चालनमा रहेको दृष्टिबिहीन श्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले यसप्रकारको अमूल्य सहयोगका लागि पर्वत वेयलफेयर सोसाइटीमा आबद्ध सबैलाई विद्यालयको तर्फबाट धन्यवाद ब्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चपागाईले अक्षयकोषबाट प्राप्त ब्याज रकमलाई बार्षिक रुपमा कार्यक्रम गरी विद्यार्थीहरुलाई हस्तान्तरण गर्ने गरिएको जानकारी दिनुभयो । चापागाईले सामान्य विद्यार्थीभन्दा दृष्टिबिहीन भाइबहिनीहरुका विशेष आवस्यकता हुने भएकाले उनीहरुका आवस्यकता परिपूर्ती गर्न सबै क्षेत्रबाट सरसहयोगको खाँचो पर्ने गरेको बताउनुभयो ।

हाल बेलायत रहनुहुने स्थानीय पुरन गिरीको अग्रसरतामा विनोद पुरी, दधी आचार्यलगायतका पर्वत जन्मभूमि भएका गैर आवासीय पर्वतेलीहरुको सहयोगमा आजभन्दा पाँच वर्ष अगाडि दृष्टिबिहीन छात्रबृत्ति अक्षयकोषको स्थापना गरिएको थियो ।

छात्रबृत्ति रकम प्राप्त गर्ने दृष्टिबिहीन छात्रछात्राहरुले अक्षयकोष संस्थापक अगुवाहरु र पर्वत वेयलफेयर सोसाइटी युकेलाई एकै स्वरमा हार्दिक धन्यवाद प्रकट गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीको अध्यक्षतामा सम्पन्न छात्रबृत्ति रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षकहरु, स्रोत शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive