मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

राधामाधव सत्सङ्ग आश्रमको संरक्षकत्व स्वामी आचार्यले लिए

माघ ५, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–४ चिलाउने चौतारामा रही धार्मिक क्षेत्रमा काम गर्दै आएको गायत्री राधामाधव सत्सङ्ग आश्रमको संरक्षकत्व मुक्तिनाथ बाबा स्वामी कमलनयन आचार्यले लिने भएका छन् ।
तीर्थालु भक्तजनहरुको बसाई व्यवस्थापनको लागि बनाइएको आश्रममा बुधबार भएको विशेष भेलामा प्रमुख अतिथिको रुपमा रहेका स्वामीले आश्रमको संरक्षकत्व लिएको आश्रमका सचिव रिता के.सी भण्डारीले बताईन्। सो अवसरमा बोल्दै स्वामी आचार्यले पवित्र धार्मिक स्थलको रुपमा रहेको गुप्तेश्वर गुफा सहितका धार्मिक क्षेत्रमा आउने धार्मिक पर्यटकहरुलाई आश्रय दिनको लागि निर्माण भएको आश्रमको संरक्षकत्व लिन पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताए । धार्मिक आश्रमहरु धर्म संरक्षणको लागि मात्र नभई सामाजिक सेवाका लागि पनि महत्वपूर्ण रहने भएकाले संरक्षकत्व लिन पाउँदा आफूलाई खुसी लागेको उनको भनाई छ ।
कार्यक्रमको बोल्दै संबिधान सभाका सदस्य तथा नेपाली काँग्रेसका नेता अर्जुप्रसाद जोशीले आश्रमको लागि आफू सहयोग गर्न सदैव तयार रहेको बताउँदै स्वामी आचार्यले संरक्षकत्व लिएकोप्रति खुसी व्यक्त गरे । आश्रमहरु नेपालका मौलिक पहिचान समेत रहेको बताउँदै नेता जोशीले आश्रमहरुको संरक्षणमा राज्य र नीजि क्षेत्रबाट पनि आवश्यक सहयोग आवश्यक रहेको बताए । यसबाहेक आश्रमको संरक्षकको रुपमा रहेपछि स्वामी आचार्यबाट जिल्लामा धार्मिक पर्यटकहरु भित्रयाउनेदेखि धर्मका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहज हुने बताए । सोही अवसरमा उनले आश्रमको लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै संबिधान सभा सदस्य तथा नेकपा एमाले पर्वतका इञ्चार्ज कल्पना चापागाईँले स्वामी आचार्यले आश्रमको संरक्षकत्व लिँदा उनमा रहेका सकारात्मक सोचहरु जिल्लाभर फैलाउन तथा हिँसा र आतङ्कको बाटो त्यागेर आध्यात्मिक बाटोमा हिँड्न सजिलो हुने बताईन् । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ख्याती पाएका स्वामीले पर्वतको धार्मिक तथा सामाजिक संस्थाको अभिभावकको रुपमा रहनु जिल्लाबासीकै लागि खुसीको कुरा भएको उनको भनाई छ । महिलाहरुको व्यवस्थापनमा सञ्चालनमा रहेको आश्रमले धार्मिक तथा सामाजिक क्षेत्रमा गर्दै आएको योगदान महत्वपूर्ण रहेको पनि नेतृ चापागाईँको भनाई छ ।
आश्रमले हरेक वर्ष ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएकोमा यस वर्षका लागि सोही अवसरमा ज्येष्ठ नागरिकहरु लोकनाथ आचार्य, शान्तिनारायण श्रेष्ठ, रामकुमारी श्रेष्ठ, लालबहादुर कार्की र धनबहादुर कार्कीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कुश्मा नगरपालिका ४ का वडाध्यक्ष मिना कर्माचार्य, ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती तथा वडा नं. ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल सहित चन्दादाता र सल्लाहकारको तर्फबाट इन्द्रमान खत्री, एक हजार आठ स्वामी नारायण आचार्य, स्वामी राम, लगायतले पनि बोलेका थिए । सोही अवसरमा होटल बन्दना प्रा.लि कुश्माका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले पनि आश्रमको लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
भेलामा कार्यक्रममाथि प्रकाश संस्थाका कोषाध्यक्ष पुष्पा पौडेलले गरेकी थिईन भने स्वागत संस्थाका सचिव जलन खत्रीले गरेकी थिईन् । गायत्री आमा समूहकी अध्यक्ष बिष्णुकुमारी गौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रिता के.सी भण्डारीले गरेकी थिईन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive