बिहिबार, माघ २४, २०८१
Thursday, February 6, 2025

ब्लड क्यान्सर पिडीत माझीलाई जिफन्टको आर्थिक सहयोग

पर्वत : नेकपा(एमाले)को भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले पर्वतका ब्लड क्यान्सर पिडीत मजदुरलाई आर्थिक सहयोग गरेको छ ।
जिफन्टले पर्वतको कुस्मा नगरपालिका १ मालढुंगाका ब्लड क्यान्सर पिडीत मजदुर तथा एमाले कुस्मा नगरपालिका १ का वडा कमिटी सदस्य किशोर माझीलाई आर्थिक सहयोग गरेको हो ।
जिफन्टको एक्यबद्धता कोषबाट ३० हजार नगद सहयोग गरिएको छ । जिफन्टको घटक संगठन क्युपेक नेपालकी केन्द्रिय सदस्य तथा जिफन्ट गण्डकी प्रदेश कमिटी सदस्य देवी राईको पहलमा क्युपेक पर्वतका सदस्य माझीलाई आर्थिक सहयोग गरिएको हो । माझीलाई नेकपा(एमाले) कुस्मा नगरपालिका वडा नं १ वडा कमिटीको तर्फबाट ४ हजार र क्युपेकका सदस्यहरुबाट २ हजार ४ सय रुपैया पनि सहयोग गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्युपेक नेपालकी केन्द्रिय सदस्य देबी राईले मजदुर किसानका लागि जिफन्ट र एमाले नै असल साथी हो भन्नुभयो । उहाँले मजदुरहरुको हकहित र जीवनरक्षाका लागि जिफन्टमा आबद्ध हुनका लागि पनि सबै मजदुरलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा नेकपा(एमाले) कुस्मा नगरपालिका कमिटीका अध्यक्ष मिनप्रसाद श्रेष्ठले एमालेको नेतृत्वमा मात्रै मजदुर र किसानको मुक्ति सभब छ भन्दै यसैकारण मजदुर र किसानको पहिलो रोजाई नै एमाले पार्टी हो भन्नुभयो । एमाले कुस्मा नगर कमिटीका उपसचिब स्वस्थानी रिजालले जनताको भरोसायोग्य पार्टी नै एमाले भएका कारण आगामी निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । क्युपेक नेपाल पर्वतका अध्यक्ष बाबुराम सापकोटा, क्युपेक इकाई कमिटी अध्यक्ष तिलकुमारी लुंगेली मग लगायतले बोल्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive