मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो बैठक सम्पन्न

माघ ४, २०७८

पर्वत : अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो बैठक सम्पन्न भएको छ ।

अध्यक्ष झलक केसीको अध्यक्षतामा (जुम मार्फत) सम्पन्न बैठकले पदाधिकारी चयन गर्नुका साथै विभिन्न व्यक्तिहरुलाई जिम्मेदवारी प्रदान गरेको छ । बैठकले अन्तराष्ट्रिय पर्वत समाजको काउसील परिषद प्रमुखमा हितकाजी गुरुङलाई मनोनित गरेको छ । गुरुङ यस अघि संस्थाका प्रमुख संरक्षक हुनुहुन्थ्यो ।

संस्थाले समाजका निवर्तमान अध्यक्ष पुरन गिरीलाई प्रमुख संरक्षकमा मनोनित गरेको छ । त्यस्तै संस्थाका प्रमुख सल्लाहकारमा डाक्टर जगनाथ शर्मालाई मनोनित गरेको संस्थाका महासचिव मणि भुर्तेलले जानकारी दिनुभयो । महासचिव भुर्तेलका अनुसार अन्य सल्लाहकारहरुमा विभिन्न देशको प्रतिनिधीत्व हुनेगरि सल्लाहकार चयन गरिएको छ । अष्टे्लिया बाट देब ब गुरुङ र , बेल्जीयमवाट खड्क केसी , लेक्डोम्वरवाट नारायण गुरुङ, मलेसियावाट हेमराज सापकोटा, हङकङवाट मीनवहादुर गुरुङ, डेनमार्कवाट उदय गौत्तम, इजराइलवाट दिपीका भुषाल, अष्टिया बाट सागर सुबेदी ,बेल्जियम बाट बालेन्द्र गुरूड• ,जापानवाट नारायण सुवेदी र ओम गुरुङ स्पेनवाट ओमरवहादुर गुरुङ, नेदरल्याण्ड बाट मनोहरी शर्मा, यू.ए.ईवाट गोपी भुषाल, स्वीडेनवाट अर्जुन श्रेष्ठ,यूकेवाट कृष्ण गुरुङ, नदेरल्याण्डस्वाट नर रोका, कतारवाट दिलकुमार श्रेष्ठ, वहराईनवाट कृष्णवहादुर सुनार साथै अमेरिका बाट रूद्र गुरूड॰ मनोनित हुनुभएको छ ।

संस्थाको संरक्षकमा कुल आचार्य, महेश श्रेष्ठ, गोविन्द सुवेदी, अर्जुन श्रेष्ठ, मोहन शर्मा, सुभाष जोशी ‘सन्तोष’, सुरेन्द्र भुषाल, रवि लामिछाने चयन हुनुभएको छ । संस्थाको रिक्त रहेको उपाध्यक्ष पदमा निवर्तमान महासचिव गुणराज शर्मा ‘गुराँश’लाई मनोनित गरेको छ । त्यस्तै गरि देश प्रतिनिधी हुने गरि नेदरल्याण्डवाट नारायण शर्मा, डेनमार्कवाट मुक्ति श्रेष्ठ, बेल्जियम बाट दिपक न्याउपाने ,अष्टेलियावाट चन्द्र तिवारीलाई मनोनित गरेको छ ।

त्यस्तै नर्वेवाट विजय काफ्ले, पोर्तुगल हेमराज सुवेदी, कतारवाट शक्ति क्षेत्री, हङकङवाट भीमवहादुर गुरुङ, फ्रान्स बाट कमल बिक्रम के सी , कोरियावाट गंगासागर पौडेल शर्मालाई चयन गरिएको छ । संस्थाको आर्थिक सल्लाहकारमा शेषराज रेग्मी(पर्बत),संस्थाको कानुनी सल्लाहकारमा पर्बत बाट केशवराज पुरी, प्रेस सल्लाहकारमा पत्रकार महासंघ पर्वतका अध्यष सन्तोष थापा र पत्रकार साजन परियारलाई चयन गरिएको छ । संस्थाको विधानमा व्यवस्था भएअनुसार पंच बर्षिय योजनाविदहरुको संयोजकममा सुभाष जोशी ‘सन्तोष’, र सदस्यहरुमा गंगा भुषाल र गोविन्द गौत्तमलाई चयन गरिएको छ । साथै संस्थाको आर्थिक पक्षलाई बलियो बनाउन तथा संस्थामा आजिवन सदस्यता बृहत गराउनको लागि बरिष्ट उपाध्याक्ष परशुराम पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिको सचिव बाबुराम शर्मा, सह–कोषाध्याक्ष रुद्रमणि भुर्तेललाई चयन गरिएको छ । साथै महासचिव मणि भुर्तेलको संयोजकत्वमा पर्वत समाज बेल्जियम, स्पेन, नेदरल्याण्ड, यूके, जापान, यूएई, अमेरिका, हङकङ, कतार, बहराईन, कोरिका अध्यक्ष हरू सहितको समिति निर्माण गरि संस्थाको बार्षिक कार्ययोजना तर्जुमा गर्नेछ । यहि फेब्रुरी महिना मा जिल्ला मा संस्था ले महिला हरू को पाठेघर लगायत अन्य अनुभबी चिकिसक हरू सहित बृहत स्वास्थ शिबीर को लागी संस्था की उपाध्यक्ष संगिता कार्की को संयोजन मा कृष्ण तिवारी सहित को ब्यबस्थापनको लागी समिती बनाइएको छ । स्मरण रहोस संस्था की महिला उपाध्यक्ष संगिता कार्की हाल दक्षिण कोरिया स्वास्थ क्षेत्रमा कार्यरत हुनुन्छ । गाउ पालिका संग समन्यन गरि पर्बत को दुई ठाउमा शिबीर संचालन गरिने छ ।

बैठकलाई सम्बोधन गदै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले पदाधिकारी एवम् जिम्मेवारी प्राप्त व्यक्तिहरुलाई शुभकामना व्यक्त गदै संस्थाको विधान र गरिमालार्ई आत्मसाथ गदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तराष्ट्रिय पर्वत समाजको काम पर्वत जिल्लाको समृद्धि र विकासमा सहयोग पु¥याउनु भएकाले सवैको साथ र सहयोगको खाँचो रहेको औँल्याउनुभयो । अन्तराष्ट्रिय पर्वत समाजको पर्वत जिल्लामा जन्मिएर रोजगारीको शिलशिलामा संसारभरि छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था हो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive