बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीलाई कैद सजाय

माघ ३, २०७८

काठमाडौं : बालककले ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी एक कर्मचारीलाई कैद सजायको फैसला सुनाइएको छ।

कास्की जिल्ला अदालतले अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय, पीडितलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति, एकहजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने फैसला सुनाएको हो।

कास्की जिल्ला अदालतका श्रेष्तेदार नवराज दंगालका अनुसार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला सुनाएका हुन्। सरकारी वकिल कार्यालयले नेपालीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो।

नेपालीले बालबालिका विरुद्धको कसुर गरेको पुष्टी भएको भन्दै एक वर्षसम्म कैद सजाय तथा ५० हजार क्षतिपूर्तिको मागदाबी गरेको थियो। नेपालीले वर्ष ६ का नाबालकले बिस्तरामा पिसाब गरेको भनी पिसाब नलीमा बाँधेर यातना दिएको जाहेरीमा उल्लेख छ।

शुक्रबार दर्ता भएको मुद्दामा आइतबार थुनछेक बहस थियो। तर अदालतले बुझ्नुपर्ने प्रमाण सबै आइसकेको र अभियुक्तले कसुरसमेत स्वीकार गरी पश्चातापसमेत गरेको भन्दै फैसला नै सुनाएको हो। फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive