मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

पहिरोले बगायो चेपाङका चार घर, तीन घरका सदस्य बेपत्ता

असार १७, २०७८

चितवन :  लगातार परेको वर्षाका कारण जिल्लाको पहाडी भेगमा बसोबास गर्ने चेपाङका चार घर पहिरोले बगाएको छ। राप्ती नगरपालिका-१२ वाक्राङका तीन घर र कालिका नगरपालिका-१० सिद्धिको एक घर गएराति पहिरोले बगाएको हो।

वाक्राङमा पहिरोले बगाएका चेपाङका तीन घरमा बसोबास गर्ने कुनै पनि सदस्य फेला नपरेको स्थानीय सन्दिप चेपाङले जानकारी दिए। विकट बस्ती भएकाले तत्काल त्यस स्थानमा पुगेर उद्धार गर्ने सम्भावना नरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन्।

‘तत्कालै त्यहाँ पुगेर उद्धार गर्न सक्ने सम्भावना छैन। हामीले थप विवरण थाहा पाउन पनि सकिरहेका छैनौँ। सवारी साधन त्यहाँसम्म पुग्न नसक्ने भएकाले मान्छेलाई पैदल पठाएर थप बुझ्ने प्रयासमा छौँ’, उनले भनिन्। तीन घरमा कति जना सदस्य थिए भनेर कुनै विवरण नआएको उनले बताइन्।

 त्यसैगरी, कालिका नगरपालिका–१० सिद्धिस्थितछेरबाङमा मंगलीमाया चेपाङको घर पहिरोले बगाएको छ। घर बगाउँदा ४ वर्षीय बालक घाइते भएको चेपाङको उद्धार तथा संरक्षणमा क्रियाशिल केपी किरण शर्माले बताए। अन्य सदस्यहरु भने भागेर बाँच्न सफल भएको उनले बताए।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive