शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

कुश्मा नगरपालिकाद्धारा अत्यावश्यक बाहेकका सेवा स्थगन

माघ ९, २०७८

माघ ९, २०७८
पर्वत : जनप्रतिनिधि तथा कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू स्थगन गरेको छ ।
कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमान सिँह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो । ‘कुश्मा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयमा कार्यरत कर्मचारीदेखि जनप्रतिनिधिहरू पनि कोभिडबाट सङ्मणको पुष्टि भएको छ । सङ्क्रमणको दर पनि बढ्दै गएपछि जनप्रतिनिधि र कर्मचारीबाट नै सङ्क्रमण बढ्ने जोखिम देखियो,’ उनले भने, ‘कुश्मा नगरपालिका सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट यो निर्णय गरिएको हो । १६ गतेपछि सङ्क्रमणको अवस्थालाई नियालेर सोही अवस्था अनुसारको निर्णय हुने छ ।’
नगरपालिकाले वडा तथा नगरपालिकाको कार्यालयबाट लिनुपर्ने अत्यावश्यक बाहेकका सेवाहरू बाहेक अन्य सेवाका लागि नआउन र स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्डहरू पूर्ण रूपमा कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।

अस्पतालमा पनि आकस्मिक बाहेकका सेवा स्थगन

कार्यरत अधिकांश चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएपछि पर्वत अस्पतालले समेत आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्रीका अनुसार कोरोना परीक्षणका लागि अस्पताल पुगेकामध्ये ७२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि लागू हुने गरे माघ १४ गतेसम्मका लागि आकस्मिक बाहेकका सेवाहरू बन्द गरेको हो ।
अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित भएपछि सेवा दिने जनशक्ति नभएको र अस्पताललाई निसङ्क्रमित गर्नुपर्ने भएका कारण अस्पतालले सेवाहरू स्थगन गरेको हो । डा. क्षेत्रीले अहिले तेस्रो लहरको सुरुवाती दिनहरूको सङ्क्रमण चलिरहेका कारण सावधानी नअपनाउने हो भने समुदायका धेरै नागरिक सङ्क्रमणको जोखिममा रहको बताए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive