बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

भेरोसेल खोप लगाएको आधा घण्टामै मृत्यु, कारण खुल्न बाँकी

माघ ९, २०७८

कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा घण्टामै एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो।

दिउँसो करिब दुई बजेतिर उनी आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किएका थिए। तर, फर्किएको झण्डै आधा घण्टाकै समयमा बाटोमै उनको मृत्युको खबर आएको वडाध्यक्ष भिखराम चौधरीले बताए। अहिले उनको शव आधारभूत स्वास्थ्य केन्द्रमा राखिएको चौधरीले बताए।

वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ। मृत्युको कारण भने खुलेको छैन।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive