शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

जोन्सन खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यकर्मी अख्तियारको फन्दामा

काठमाडौं, १३ माघ । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन घुस लिएको अभियोगमा बुधबार २ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । उक्त खोप लगाइदिएपछि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा महोत्तरीको स्वास्थ्यचौकी सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार साहलाई उजुरीको आधारमा अख्तियारले नियन्णमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा अजयको निर्देशनमा कृष्णाकुमारले खोप लगाउन आएका एक व्यक्तिबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।

द्धय स्वास्थ्यकर्मी विरुद्ध कानुन बमोजिम कारवाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive