बिहिबार, माघ २४, २०८१
Thursday, February 6, 2025

पर्वतको मालदुङ्गामा अस्थायी प्रहरी पोष्टको स्थापना

माघ १४, २०७८
पर्वत : पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको कुश्मा नगरपालिका–१ मालढुङ्गामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रशासन शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कार्य शाखाको आदेश अनुसार बिहीबार अस्थाई प्रहरी पोष्टको शुभारम्भ गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले उक्त पोष्टको शुभारम्भ गरिन । त्यस अवसरमा बोल्दै उनले बागलुङ र म्यादी सहित मुस्ताङ जाने नाकाका रुपमा मालढुङ्गामा पोष्ट स्थापना गरिनु महत्वपूर्ण रहेको बताइन । बागलुङ जिल्लातर्फको क्षेत्रमा बागलुङ प्रहरीको अस्थायी पोष्ट रहेको भए पनि पर्वत क्षेत्रमा भने गस्ती बाहेक प्रहरीको उपस्थिति नहुँदा सुरक्षा चुनौती बढेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, कुश्मा नगरपालिका वडा नं.–१ का कार्यबाहक वडाध्यक्ष बिरेन्द्र रिजाल, मालढुङ्गा टोल सुधार समितिका अध्यक्ष र जनप्रतिनिधीहरु, स्थानीयबासीहरु, वुद्दीजीवी एवम् अन्य सर्वसाधारणहरु लगायतको सहभागिता रहेको थियो ।
बढ्दो जनघनत्वसंगै हुन सक्ने गैरकानुनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive