बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

अमेरिकीले नेपाली सेनालाई दियो चारवटा रेस्क्यू बोट

असार १७, २०७८

काठमाडौं : अमेरिकी सेनाले नेपाली सेनालाई चार वटा रेस्क्यू बोट सहयोगस्वरुप हस्तान्तरण गरेको छ। 

असार १५ गते छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप आउट बोर्ड मोटरसहितको चारवटा रेस्क्यू बोट उपलब्ध गराएको हो। 

अमेरिकी दूतावासका अफिस अफ डिफेन्स कर्पोरेशन प्रमुख मेजर माइकल पी ह्वाइटले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त बोट बाढी/डुवान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive