बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025

गण्डकीका २९ हजारले लगाए बुस्टर डोज

माघ २१, २०७८

पर्वत : गण्डकीमा प्रदेशका २९ हजार २७० जनाले कोरोनाविरुद्धको बुस्टर डोज लगाएका छन्। दोस्रो मात्रा पूरा गरेकाहरूलाई बुस्टर डोज दिइएको हो।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशअन्तर्गतको आपतकालिक कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार बुधवारसम्म गोरखाका चार हजार २७९‚ मनाङका ८७५, मुस्ताङका ३३४, म्याग्दीका दुई हजार ६७२, कास्कीका तीन हजार १३६, लमजुङका चार हजार ५२७ र तनहुँका तीन हजार ७० जनाले बुस्टर डोज लगाएका छन्।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एक हजार ६८६, स्याङ्जाका तीन हजार ५६५, पर्वतका दुई हजार ४५९ जना र बागलुङका दुई हजार ६८५ जना रहेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive