शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

क्याप्सुल रिसोर्ट निर्माण गर्दै हार्नेस जीपलाइन

माघ २४, २०७८

सरिता पोडेल
माघ २४, २०७८
पर्वत : लकडाउनको अवस्था रहेको भए पनि पर्वतमा साहसिक पर्यटनका थप संरचना निर्माण गर्न उपयुक्त देखेपछि ‘द हार्नेस जीपलाइन प्रालि’ ले सिसाको पुल सहित भीरको भित्ता खापेर ‘क्याप्सुल रिसोर्ट’ निर्माणको प्रक्रिया सुरु गरेको छ ।
कम्पनीका अध्यक्ष विदुर पौड्यालका अनुसार जीपलाइनको सुरुवाती केन्द्र कुश्मा नगरपालिका–५ चाक्लेडिलको सिधा तल रहेको कालीगण्डकी नदी किनारको डरलाग्दो भिरमा ‘क्याप्सुल रिसोर्ट’ निर्माण गर्न लागिएका हो । यो ‘कन्सेप्ट’ नेपालका लागि नयाँ हुने भएकाले पाँच करोडको लागतमा यस्तो खालको संरचना निर्माण गर्न लागिएको उनको भनाई छ । ‘यो कन्सेप्ट नेपालका लागि नै नयाँ हुन्छ भन्ने लागेको छ । जीपलाइन सुरु हुने ठाउँको सिधा तल रहेको कालीगण्डकी नदी किनारको ठाडो भीरलाई ड्रिल गरेर फलामको सहायतामा भीरमा नै क्याप्सुल जस्ता पाँच ओटा डब्बा निर्माण गर्न लागेका छौँ । यसका लागि पाँच करोड नै लगानी हुनेछ,’ उनले भने, ‘भ¥याङ निर्माण गरेर भीरमा रहेका डब्बामा आउने जाने व्यवस्था हुन्छ। लजिङ फुडिङको व्यवस्था पनि त्यहीँ हुन्छ । यसले पर्वतको पर्यटनमा नयाँ रूप दिन्छ भन्ने लागेको छ ।’
यही कम्पनीले सिसाको पुल निर्माणको कामलाई समेत अन्तिम चरणमा लगेको छ । सामाजिक सञ्जालमा चिनियाँ प्रविधिमा निर्माण भएका साहसिक र भयानक देखिने गरेको सिसाको पुलको आकर्षणलाई जिल्लामा भित्र्याउँदा त्यसमा पनि पर्यटकहरूको फरक आकर्षण रहने जीपलाइनका सञ्चालक राजकुमार बस्नेतले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive