शनि, माघ १०, २०८२
Sat, January 24, 2026

कालीगण्डकी करिडोर दैनिक चार घण्टा बन्द हुने

माघ २७, २०७८

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक कालीगण्डकी करिडोर दैनिक चार घण्टा बन्द हुने भएको छ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्ने निर्णय गरिएको बताए। जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १ देखि फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरेको हो।

थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक अवरुद्ध हुने भएको हो।

‘फागुन १ देखि १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाउनुपर्ने भएको छ। यो अवधिमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधनहरू अवरुद्ध हुने छन्,’ सहायक प्रजिअ ढकालले भने, ‘आवश्यक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरी चौकी घाँसा र तत्कालको सहयोगको लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिने छ।’

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive