मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026

एसइईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

माघ २७, २०७८

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा तालिका सार्वजनिक  गरेको छ।

बोर्डको बुधबार बसेको बैठकले २०७९ वैशाख ९ गतेदेखि एसइई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बोर्डले बिहीवार वैशाख २० गते सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो।

परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटमा पनि हेर्न सकिने बोर्डले जनाएको छ। अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा हुन सकेको थिएन। दुवै वर्ष विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरिएको थियो। यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive