शुक्र, माघ ९, २०८२
Fri, January 23, 2026

फलेवासमा बिदा भएको छैन !

माघ २७, २०७८

माघ २७, २०७८
पर्वत : नगर सभा सम्पन्न भएको भोलीपल्ट नगरभित्र सार्वजनिक बिदाको घोषणा गरेको फलेवास नगरपालिकाले बिहीबार बिदा नभएको स्पष्टोक्ति दिएको छ।
बिदा दिइएको विषयमा सामाजिक सञ्जालमा बिचार व्यक्त गर्नेहरु देखि सञ्चार माध्यममा पनि समाचारहरु प्रकाशन भएका थिए।
नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले नगर सभाका सवै अभिलेखहरु बिहीवार नै व्यवस्थापन गर्नुपर्ने भएकोले जिम्मेवारीमा रहेका सबैलाई फेरि पनि अहोरात्र खटि कार्यसम्पादन गर्न अनुरोध गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर यस विषयमा नगरपालिकाको धारणा प्रस्तुत गरेका छन्।
श्रेष्ठको स्ट्याट्समा ‘दशौं नगर सभाको व्यवस्थापनमा जनप्रतिनिधि र कर्मचारीहरु अहोरात्र खटाई भएको र नगर सभाले गरेका निर्णयहरु अभिलेखिकरण गर्नु पर्ने भएको हुंदा कोभिडको कारण संघ सरकारले नै विद्यालयहरुलाई माघ मसान्तसम्म विदा दिएको हुंदा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयमा अत्यावश्यक सेवा वाहेक नियमित सेवा वन्द रहने गरी फलेवास नगर कार्यपालिकाको राजपत्रमा उल्लेख छ। कर्मचारीहरु नगर सभाको आन्तरिक अभिलेख व्यवस्थापनमा विहान देखि काम भई रहेका छन। नगर सभाका सवै अभिलेखहरु आज नै व्यवस्थापन गर्नु पर्ने भएको हुंदा जिम्मेवारीमा रहेका साथीहरु फेरी पनि अहोरात्र खटि कार्यसम्पादन गर्नु हुन अनुरोध गर्दछौँ।’ भनी लेखिएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive