बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

पर्वतको कटुवाचौपारिमा कांग्रेसको श्रद्धाञ्जली सभा सम्पन्न

पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ निवासी बरिस्ठ पत्रकार युगनाथ शर्मा पौडेल र नेपाली कांग्रेस कटुवाचौपारिका निष्ठावान नेता भाष्कर शर्मा पौडेलकि ममतामय माता स्वर्गीय डिलकुमारी पौडेलको ५ औं स्मृति दिवसमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति कटुवाचौपारिले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । श्रद्धाञ्जली सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुन प्रसाद जोशीले मुलुकमा प्रजातन्त्र ल्याउन स्वर्गीय डिलकुमारिको महत्वपूर्ण भुमिका रहेको उल्लेख्य गर्नुभयो । उहाँले स्वर्गीय डिलकुमारी प्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरून् भन्ने कामना गर्नु भयो ।
कांग्रेस नेता जोशिले स्वर्गीय डिलकुमारिको निधनले पार्टिलाई अतुलनीय  क्षती पुगेको बताउदै उहाँले देखाएको बाटोमा हिडनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसकि महिला नेत्री सरस्वती शर्मा ‘जिज्ञासु’,परिवारको तर्फबाट डण्डपाणी पौडेल, स्वर्गीय डिलकुमारिका जेष्ठ सुपुत्र युगनाथ शर्मा पौडेल  लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।
श्रद्धाञ्जली  सभामा नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य रमेश पौडेल, नेपाली कांग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, नेपाली कांग्रेस पर्वतका सहसचिव अच्युत तिवारी, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेशका संयाेजक शिव शर्मा अधिकारी,नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रतिनिधि एवम् कुश्मा नगरपालिका वडा नम्बर ५ कि वडा अध्यक्ष चित्रकला शर्मा भारती, नेपाल पत्रकार महासघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल लगायतको उपस्थित रहेको थियो ।
कटुवाचौपारिका पार्टी सभापती राम शर्मा लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन कांग्रेसका क्रियाशिल सदस्य केशवदास बैरागीले गर्नु भएको थियो ।
स्वर्गीय डिलकुमारिको माघ २५ गते ८१ बर्षको उमेरमा निधन भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive