बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025

कुश्मा नगरपालिका–६ को वडाध्यक्षमा पाण्डेले स्वतन्त्र उम्मेद्वारी दिने

फाल्गुन १, २०७८

फागुन १, २०७८
पर्वत : आगामी स्थानीय तहको निर्वाचनबाट पर्वतको कुश्मा नगरपालिका–६ को वडाध्यक्ष बन्नको लागि दीपक पाण्डेले स्वतन्त्र उम्मेद्वारीको घोषणा गरेका छन् ।
आफूले सामाजिक सञ्जालमा राखेका प्रतिबद्धता बाहेक राजनीतिक दलका प्रतिबद्धता आफूका भन्दा विशेष भए राजनीतिक दललाई नै भोट दिन अनुरोध गरेका उनले राजनीतिक दलका भन्दा आफ्ना मुद्धा राम्रा लागेमा वडाध्यक्षमा आफूलाई नै बिजयी गराउन अपिल गरेका छन् ।
आफूले उम्मेद्वारी घोषणा गर्नु नगर्नु भन्दा पनि राज्यलाई कर तिरेका हरेक नागरिकले राज्यले प्रदत्त गरेका अधिकार र सुबिधा पाएका छैन की छैनन भन्ने कुरा महत्वपूर्ण भएको पाण्डेको भनाई छ । ‘म जस्तै अरु व्यक्तिहरुले पनि उम्मेद्वारी घोषणा गर्नुहोला । हामी नागरिकले यो र उ भनेर होईन की मुद्धा हेरेर मत दिन सक्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘मैले नै चुनाव जित्नुपर्छ भन्ने पनि होईन । तर मैले प्रतिबद्धतामा उठाएका मुद्धाहरु अरु कसैले बोकेर पूरा गर्न सक्छ की सक्दैन भन्ने कुरा महत्वपूर्ण हो ।’
यस्ता छन उनका प्रतिबद्धता
१)पुर्खाले बनाएको र हामी बाचेको पबित्र इनार (जो शिवालय चोक नजिकै) अवस्थित छ त्यसलाइ पुनर्जिवित गर्ने ।
२) वार्डमा केही कामको लागि जाँदा कर तिर्नुपर्ने झन्झट बाट मुक्त गराउने अर्थात निःशुल्क काम ।
३) वडा भित्रका प्रत्यक घरका महिलाको लागि एक हजार रुपैयाँ मासिक भत्ता ।
४) वार्ड लाई पुर्णतः प्लास्टिक मुक्त वार्ड बनाइने ।
५) वार्ड भित्रका सुत्केरी प्रति महिलालाई छ हजार रुपैयाँ सुत्केरी खर्च प्रदान गरिने ।
६) पारिवारिक सदस्य गुमाएको÷गुमेको घरमा १२ हजार सहयोग प्रदान गरिने ।
७) सकेसम्म वार्ड भित्रका बिरामीलाई वार्ड भित्रै उपचार को ब्यबस्था मिलाउने ।
८) प्रत्येक घर घरमा को के रोगको बिरामी छ रेकर्ड राखी उसको स्वास्थ्य अवस्थाको जानकारी लिइरहने साथै उचित उपचारको लागि सहयोग गर्ने ।
९) मासिक पाँच हजार भन्दा कम आम्दानी भएका घरलाई खाद्यान्न सहयोग गर्ने ।
१०) वार्ड भित्र हरेक सामानको मुल्यमा एकरुपता कामय गर्ने । (पसलपिछे फरक गर्न नपाइने) सामानको क्वालिटिको आधारमा मात्र फरक गर्न पाइने ।
११) घर बाहिर बैबाहिक÷ब्रतबन्ध जस्तो शुभकार्यको को लागि इनार माथिको शिवालय मन्दिरलाई उपयोग गरेमा सम्बन्धित परिवारलाइ वार्ड मार्फत सहयोग साथै उचित सम्मान गरिने ।
१२) वार्ड भित्रका बालिका जो सरकारी स्कुलमा पढेका छन उनिहरुलाई वार्डको तर्फबाट नगद सहयोग गरिने ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive