मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

पातिचौरमा बन्यो विद्युत प्राधिकरण ‘नो लाइट’ को आफ्नै भवन

फागुन १, २०७८

पर्वत : नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्र अन्तर्गत जिल्लाको मोदी गाउँपालिका–२ पातिचौरमा ‘नो लाइट’ को नव निर्मित भवनको उद्घाटन गरिएको छ।

नेपाल बिधुत प्राधिकरण, पर्बत बितरण केन्द्रका प्रमुख शिव गोसलीका अनुसार २० लाखको लागतमा निर्माण भएको भवनबाट सेवाको उद्घाटन गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार राज सिलवालले गरेका हुन्। सो अवसरमा बोल्दै उनले भाडाको घरबाट सेवा प्रवाह गर्दा ठाउँ र व्यवस्थापनका कारण समस्या र चुनौती हुने गरेकोमा अबको सेवामा थप गुणस्तर प्रदान गर्न सकिने बताए। आफ्नै भवनबाट सेवा उपलब्ध गराउँदा कार्यालय व्यवस्थापनका आन्तरिक तथा बाह्य पक्षहरुलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिने भएका कारण नो लाइटको नयाँ भवनबाट दिइने सेवा पहिलेको भन्दा झनै प्रभावकारी रहने उनको विश्वास छ।

सो अवसरमा बोल्दै मोदी गाउँपालिका–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाले प्राधिकरण अन्तर्गत पर्वत वितरण केन्द्रको आ्mनै कार्यालय बनेपछि अब विद्युत सम्बन्धि सेवा लिनका लागि मोदीका नागरिक कुश्मा धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिन अनुरोध गरे। गाउँपालिकाका विभिन्न वडामा रहेका गाउँ तथा ग्रामिण बस्तीहरु सदरमुकामदेखि निकै टाढाको दूरीमा रहेका कारण नयाँ भवनबाट काउण्टर सहितको सुबिधा उपलब्ध गराउन उनले अनुरोध गरे। त्यसका लागि सहकार्य गर्नका अलागि मोदी गाउँपालिका र वडा नं. २ देउपुर समेत रहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ।

पर्वत वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले नयाँ बनेको ‘नो लाइट’ भवनबाट मोदी गाउँपालिकाका करिब चार हजार ग्राहक प्रत्यक्ष लाभान्वित हुने बताए। मोदी गाउँपालिकामा रहेका बस्तीहरु पातिचौर र सदरमुकामबाट टाढा रहेका कारण गाउँका नागरिकले सेवा लिन कठिनाइ भइरहेको महसुस आफुले पनि गरेको बताउँदै उनले नयाँ बनेको भवनबाट यथासक्य छिटो महशुल बुझाउने काउण्टर समेत सञ्चालन गर्ने आन्तरिक तयारी गरिएको बताए। ‘यहाँका ग्रामिण क्षेत्र टाढा रहेको कुरा हामी सबैलाई थाहा छ। अब नयाँ भवनबाट कार्यालयको सेवा प्रदान गर्न थालेपछि यहाँहरुको समस्या अलिकति भए पनि कम हुन्छ भन्ने अपेक्षा हामीले गरेका छौँ,’ कार्यालय प्रमुख गोसलीले भने, ‘यहाँका आठै ओटा वडाका नागरिकले टाढा भएको गुनासो गर्नुभएको थियो। त्यस बाहेक अब यो क्षेत्रमा स्तरीय विद्युत सेवा दिन सकिन्छ भन्ने हामीले ठानेका छौँ।’ सकेसम्म मोदी गाउँपालिकाका नागरिकले विद्युत सेवाका लागि सदरमुकाम कुश्मा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी आफूहरुले काम गर्ने उनको भनाई छ।

भाडाको घरबाट सेवा प्रदान गर्नु पनि आफैमा समस्याको विषय भएको बताउँदै उनले कार्यालयका लागि चाहिने संरचना जस्तो हो त्यस्तै रुपमा भौतिक संरचनालाई मोडिफाई गर्न नमिल्ने अवस्था हुने उल्लेख गरे । कन्जस्टेड ठाउँबाट सेवा प्रवाह गर्नु कठिन कुरा हो,’ उनले भने, ‘अब आफ्नै भवनबाट सेवा उपलब्ध हुने भए पछि यो क्षेत्रका नागरिकले सेवा लिनको लागि सहज हुने छ। कार्यालय निर्माण भएका कारण अब यही भवनबाट काउण्टर पनि विस्तार गर्ने हामीहरुको योजना छ।’ कार्यालय प्रमुख गोसलीकै अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वितरण केन्द्रका लेखा प्रमुख गोविन्द शर्माले गरेका थिए। उक्त कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख रञ्जना कट्टेलले गरेकी थिईन्।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive