मङ्लबार, माघ २२, २०८१
Tuesday, February 4, 2025

विद्यालय सुधारका लागि ‘विद्यालय सहयोग अभियान’

सरिता पौडेल
फागुन ३, २०७८
पर्वत : विद्यालय शिक्षामा गुणस्तर ल्याउनको लागि पर्वतको एक विद्यालयले ‘आर्थिक सहयोग अभियान’ सञ्चालन गरेको छ।
गाउँमा रहेको विद्यालयमा अभिभावको विश्वास बढाई बालमैत्री वातावरणमा शिक्षण गर्ने प्रयासमा थप बल दिनको लागि फलेवास नगरपालिका–३ मुडिकुवाको रुग्दीमा रहेको शारदा आधारभूत विद्यालयले अभियान सुरु गरेको हो। विद्यालयका प्राधानाध्यापक इन्द्रप्रसाद सापकोटाका अनुसार विद्यालयमा अध्ययनर विद्यार्थीहरुको आवश्यकतालाई परिपूर्ति गर्ने तथा शिक्षणका लागि आएका नयाँ प्रबिधिहरुको प्रयोग गर्नको लागि अभियान सञ्चालन गरिएको हो।
‘अहिले पनि गुणस्तरीय शिक्षाको खोजी बजारमा रहेका विद्यालयमा गर्ने गरिएको छ। बजारका विद्यालयमा अध्ययन गर्दा साथ सिकाई राम्रो हुन्छ भन्ने अभिभावकहरुको विश्वास छ। तर त्यो कुरा सबै सत्य होइन,’ प्रधानाध्यापक सापकोटा भन्छन्, ‘गाउँका बिद्यालयमा अध्ययनरत कति विद्यार्थी भोकै विद्यालय आएका हुन्छन्। कतिले स्टेशनरी त कतिले पोशाक नै किन्न नसक्नेसम्मको अवस्था रहेको छ। समस्यामा रहेका विद्यार्थीहरुलाई समेत सहजीकरण यो अभियान थालेका हौँ।’
अभियान सुरु गरेसँगै सोही विद्यालयका दुई जना पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन्। मुडिकुवा नै घर भएका गैर आवासिय नेपाली संघ मलेशियाका उपाध्यक्ष हेमराज सापकोटाले २१ हजार एक सय ११ रुपैयाँ विद्यालयको लागि हस्तान्तरण गरेका छन्। यस्तै विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका शाखा अधिकृत मुडिकुवा घर भएका कृष्ण प्रसाद सापकोटाले पनि विद्यालयको सुधारको लागि १० हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्रीहरु सहयोगको प्रतिबद्धता जनाएका छन्।
अभियानलाई जारी राखेर सहयोगदाताहरुलाई सहयोगको अपिल गरिएका कारण अरुबाट पनि सहयोगको अपेक्षा गरिएको प्रधानाध्यापक सापकोटाको भनाई छ। विशेष गरी सोही विद्यालयमा अध्ययन गरेर देशभित्र र बाहिरका विभिन्न पद तथा तहमा रहेका पूर्व विद्यार्थीहरुलाई विशेष अनुरोध गरिएको छ। गाउँमा अध्ययनरत बालबालिकाहरुको आवश्यकताको आधारमा सहयोग गरी अध्ययनको लागि मनोवैज्ञानिक रुपमा तयार पारेर शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने उनको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive